सहमति पछि सडक मिचेर राखेका घुम्ति पसल हटाइयो

ज्ञानु गौतम रुकुम
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर १ रहेको अस्पताल रोड स्याउली वजारको बिवाद समाधान भएको छ ।

चौरजहारी नगरपालिका, चौरजहारी उद्योग वाणिज्य संघ , चौरजहारी अस्पताल र स्थानिय व्यापारीहरुको विचमा बाटोलाई ५ मिटर चौडाई तथा ग्रावेल पिच गरेर नियमित रुपमा सुचारु गर्ने सहमति भएको हो । सहमति पछि सडक मिचेर राखेका घुम्ति पसल हटाउन स्थानिय ब्यापारी सहमत भएका हुन ।

यस अघि स्थानिय व्यापारीहरुका विचमा सहमति नहुदा विभिन्न समयमा वाटो अवरुद्ध हुने गरेको थियो । जसको कारण अस्पतालमा सेवा लिन आउने विरामी तथा सर्वसाधारणहरु त्यसको मर्कामा परेका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!