पुथाउत्तर गंगा गाँउपालिकाको केन्द्र तक

ज्ञानु गौतम रुकुम
रुकुम पुर्वको पुथाउत्तर गंगा गाँउपालिकाको केन्द्र मतदानबाट टुंगो लगाइएको छ । हाल कोलमा रहेको केन्द्रलाई तकसेरा लगाएतका बासिन्दाले तकमा हुनुपर्ने भन्दै आन्दोलन गर्दै आएका थिए ।

गाँउपालिका केन्द्रका बिषयमा बिवाद उत्पन्न हुँदा मतदानबाट टुंग्याउनु पर्ने सहमति भएपछि केन्द्रका बिषयमा मतदान भएको थियो । बिहिवार भएको मतदानमा पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तक लाई दुई तिहाई मत परेको छ । ६९ जनाले गरेको मतदानमा तक केन्द्रको पक्षमा ४७ मत र कोल केन्द्रको पक्षमा जम्मा २२ मत खसेको थियो ।

यो मत दुई तिहाई मत हो । ७४ जना गाउँसभा सदस्यमा तीन जना जिल्ला समन्वय समितमा परेको हुँदा र एक सदस्यको निधन भएकोले सहत्तरी जनाको गाउँसभामा गाउँपालिकाको अध्यक्षले मतदान गर्न नपाउने भएकोले ६९ जनाले मात्र मतदान गरेका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!