राप्ती राजमार्गको यात्रा निकै कष्टपूर्ण

रुकुम पश्चिम
दाङको अमेलिया देखि रुकुम ९पश्चिम० को सल्लेसम्मको राप्ती राजमार्गको यात्रा निकै कष्टपूर्ण बन्दै गएको छ ।
दाङ, सल्यान र रुकुमलाई जोडने राप्ती राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्ने, र खोलामा पुल नहुँदा यात्रा जोखिमपूर्ण बनेको छ । सल्यानको सिमाना सकिएर रुकुम प्रवेश गर्ने वित्तिकै यात्रा बढी जोखिमपूर्ण देखिन्छ ।

त्रिवेणि गाउँपालिकाको झुल्नेटा र सल्यानको बागचौर नगरपालिकाको खौलाको विचमा पुगेपछि यात्रुले दुःख पाउन सुरु हुन्छ । सानो पानी परेपछि सडकमा गाडिलाई वार पार गर्न निकै सास्ति हुन्छ । वर्षेनि सडक भासिदै गएका कारण सडक विचको भाग होचो भइरहेको छ । यहाँबाट गाडि पारगर्न डोजरको प्रयोग हुने गरेको छ । गाडि पार गराए वापत दैनिक साना तथा ठूला गाडिले पाँच सयदेखि एक हजार रुपैयाँसम्म डोजरलाई तिर्ने गरेका छन् । समयमा डोजर नपाईदा भने घण्टौंसम्म यात्रुलाई कुर्नुपर्ने बाध्यता रहेको छ ।

मुसीकोट नगरपालिका १२ मा पर्ने पितिवाङ खोला बढेपछि गाडी पार गर्न सम्भव छैन । खोलामा पुल नहुँदा वर्षेनी खोलाले मोटरसाईकल तथा यात्रुलाई बगाउने गरेको छ । राजमार्गमै पर्ने खोलामा पुल नहुँदा वर्षेनी यात्रुहरुले जोखिम पुर्ण यात्रा गर्न बाध्य छन् ।

सरोकारवाला मौन
राजमार्ग हुँदै रुकुममा गाडी संचालन हुन लागेको एक दशक भन्दा लामो समय भइसकेको छ । रुकुम खण्डमा पर्ने एकमात्र पितवाङ खोलामा अहिलेसम्म पुल निर्माण हुन सकेको छैन । २०६१ साल सदरमुकाम मुसीकोटमा गाडि पुगेपनि खोलामा पुल निर्माणको लागि सरोकारवाला कसैको ध्यान पुगेको छैन ।

राजमार्ग अन्र्तगत चार वर्ष अगाडि सल्यान श्रीनगर देखि रुकुमको सल्ले सम्मको सडक ओटाशिल गरिएपनि धेरै ठाउँको ओटाशिल उप्किसकेको छ । राजमार्गको मर्मत नगर्दा यात्रा कष्टपुर्ण मात्र नभई दुर्घटनाको जोखिम समेत रहने मुसीकोट नगरपालिकाको गंगाराम ओलीले बताए । रुकुमबाट विभिन्न जिल्ला जानका लागि अहिले तत्काल एकमात्र राजमार्गका रुपमा रहेको यस राजमार्गको स्तर वृद्धिका लागि सम्बन्धीत निकायले बेलैमा ध्यान दिनुपर्ने उनले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!