अधिकार खोज्दै जुम्लाका महिलाहरु

दिलमाय शाही
जुम्ला  । , जुम्लाका महिला चुलोचौकोमा सिमित भए आफ्नो अधिकारबाट बञ्चित हुने महिला अधिकारकर्मीहरुले बताएका छन ।
हिमवन्ती नेपाल जिल्ला शाखा जुम्लाको आयोजनामा आज भएको अन्तरक्रिया कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन ।
२०७३ फागुनमा गठन भएको हिमवन्ती ग्रामिण प्राकृतिक स्रोत ब्यवस्थापन समुहले महिलाहरुको हक अधिकार र आयआर्जनको क्षेत्रमा काम गर्दै आएको छ ।
जुम्लाका ग्रामिण भेगका महिलाहरु चुलोचौकोमा सिमित हुने गरेको अधिकारकर्मीहरुले बताउने गरेका छन ।
पछिल्लो समयमा जुम्ला जिल्लामा कार्यरत महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका संस्था महिला संञ्जालहरु सक्रिय देखिन थालेका हुन ।
एक दिने महिला अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै महिलाहरुको अधिकार कानुनमा लिखित भएपनि पूर्ण अधिकार नपाएको महिलाकर्मीहरुको छ ।
पुरुष प्रदान देशमा महिलाहरुलाई घरायसी कामको बोज बढी हुने गरेको जिल्ला महिला संञ्जाल जुम्लाकी अध्यक्ष सिता बुढाले बताएकी छन ।
उनले हामी महिला हिंसा मुक्त हुन सकेका छैनौ सरकारले कानुनी रुपमा ३३ प्रतिशत अधिकार दिएको छ ।
पारिवारिक बाध्यता सामाजि कुसंस्कारका कारण हिसा मुक्त नसकेको अध्यक्ष बुढाले बताइन ।
महिलाहरुले गरेका कामको मुल्यमान्यता नभएकोले महिलाहरु दासी सहारा भएर बाच्नु परेको उनको दाबी छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै चन्द्रनाथ नगरपालिका वडा नम्बर ५ की सदस्य सुस्मिृता कठायतले महिलाहरुका हक अधिकारका लागि एक महिलाहरु एक भएर अघि बढनुपर्ने बताइएकी छन ।
हिमवन्ती नेपाल जिल्ला शाखा जुम्लाले आगामी दिनमा वन कृषि विषयक महिला लक्षित कार्यक्रम गरी महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउने भएको छ । ग्रामिण प्राकृतिक श्रोत व्यवस्थापन र ग्रामिण महिलाहरुको समुन्ती भन्ने मुलनारा समेत तयार गरेको छ । सधै चुलोचौकोमा सिमित रहदै आएका जुम्लाका महिलाहरु आफ्ना अधिकार खोज्न थालेका छन ।




सम्बन्धित समाचार


error: Content is protected !!