जिप दुर्घटना हुदाँ ९ जना घाईते

सल्यान / नेपालगन्ज बाट जाजरकोट जान लागेको भे १ ज ७७२ नम्बरको सनराईज यातायातको जिप रिषी राजमार्गको सुर्खेत सिम्ता गाउँपालिका ६ गजौडा नजिकै आज दिउँसो १ वजेको समयमा दुर्घटना भएको छ । सनराईज यातायातको जीप सडक देेेेखी २० मिटर तल रुखमा अट्किएको छ । जिपमा सवार ९ जना यात्रु घाईते भएका छन् ।
घाइते हुनेहरुमा जाजरकोट कुसे गाउँपालिका वडा ५ वर्ष ३ की प्रमा कुमारी रोकाय, जाजरकोट बारेकोट गाउँपालिका वडा ६ की २५ वर्षिया हरिकला रोकाय, सोहि स्थानका वर्ष २७ का मिन प्रसाद महतारा, उनकै छोरा २ वर्षिया छोरा आयुस महतरा र वर्ष ४ की छोरी मानवी महतरा त्यसै गरि कुमाख गाउँपालीका वडा ५ कि ५५ वर्षीया विष्णु कुमारी शाही, सोहि स्थानकी पुजा वुढाथोकी, बाँके राप्ती सोनारी गाउँपालीका २ का दिपक सेन घाईते भएका छन् । घाईते सवैको सल्लीवजारमा रहेको जनबन्धु पोलिक्ल्निीकमा सामन्य उपचार पछि थप उपचारको लागि नेपालगञ्ज लिने तयारी भैरहेको छ । तिव्र गतिमा कारण जिपको व्रेक फेल भएर दुर्घकाटना भएको ईलाका प्रहरी कार्यलय वादेपिपलले जनाएको छ । चालक कोहलपुर निवासि विवेक सिंलाई इलाका प्रहरी कार्यलय वोदेपिपलले नियत्रणमा लिएको छ ।










