कुपोषित बालबालिकाको संख्यामा बृद्धि

ज्ञानु गौतम
रुकुम ः रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कुपोषित बालबालिकाको संख्यामा बृद्धि भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीका अनुसार साविकको कोटजहारी गाविसमा ३३ जना बालबालिकाहरु कुपोषित भेटिएका छन् । स्वास्थ्य शिक्षाको अभाव र जनचेतनाको कमीका कारण वडा नम्बर ६, ७, ८ र ९ मा कुपोषित बालबालिकाहरुको संख्या बढेको हो ।
आर्थिक वर्ष ०७४÷७५ को अवधिमा प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीमा स्वस्थ्य जाँच गराउन आएका बालबालिका मध्ये ३३ जना बालबालिकाहरु कुपोषित भेटिएका हुन् । तर सबै कुपोषित बालबालिकालाई प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीले समयमै आईमाम सेवा मार्फत उपचार गरेको निमित्त कार्यालय प्रमुख प्रेमा केसीले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!