विषले यसरी पार्छ असर

मानिसले आत्महत्याका लागि धेरै पहिलेदेखि विष सेवन गर्दै आएका छन् । यो क्रम झन्झन् बढ्दो छ । उसो त मानिसले आत्महत्याका लागि अरू पनि उपाय अवलम्बन गरेको पाइन्छ । झुन्डिएर, हात काटेर, हाम फाल्ने आदि गरी आफ्नो जीवन त्याग्ने गर्छन् । त्यसमध्ये सबैभन्दा बढी मानिसले विष सेवन गरेर नै आत्महत्या गरेको पाइन्छ । समाज जति विकसित भयो, यस्तो समस्या झन्झन् बढ्दै गएको छ । सामाजिक, मानसिकलगायतका कारण मानिसले आत्महत्याको बाटो रोज्ने गर्छ ।
यसरी गर्छ असर
० विष सेवन गरेपछि सुरुको अवस्थामा वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्नेलगायतको समस्या हुन्छ ।
० त्यसपछि बिस्तारै मुखबाट फिँज काड्न थाल्छ । यस्तो अवस्थामा आँखाको नानी पनि सानो हुँदै जान थाल्छ । अनि बेहोसीको समस्या पनि आउँछ ।
० यसरी विषपान गरेको मानिसको मुटुको चाल पनि बढ्न सुरु गर्छ । या भनौँ यसले बिस्तारै मुटुमा असर गर्छ । यसरी मुटुको चाल नै बन्द हुन जान्छ ।
० मानिसले विषपान गरेपछि त्यो बिस्तारै रगतमा मिसिन्छ । र, नसाका माध्यमबाट मस्तिष्कमा पुग्छ । जसले गर्दा मानिसको मृत्यु हुन जान्छ ।
० यसले कति समयमा असर गर्छ भन्ने प्रश्न पनि आउँछ । असर विषको डोजमा पनि भर पर्छ । कम खाएको छ भने बान्ता गरेपछि वा यत्तिकै बिस्तारै पनि निको हुन जान्छ । डोज बढी भएमा केही मिनेट वा घन्टामा मानिसको मृत्यु हुन सक्छ ।
कहाँ–कहाँ पर्छ असर
० विशेषगरी यसले नसामा असर गर्छ । र, मुटुमा पनि यसको तत्काल असर देखिन्छ । विष सेवन गरेको मानिसको लामो समयपछि पनि मुटुमा असर देखिन सक्छ ।
० त्यससँगै यसले मिर्गौलामा पनि असर पु(याउँछ । विषपानका कारण मिर्गौलामा क्षति पुग्ने, मिर्गौला फेल नै हुनेसम्मका समस्या निम्तिन्छन् ।
० विष सेवनका कारण आँखामा पनि असर पुग्ने गर्छ । आँखामा तत्काल वा दीर्घकालीन रूपमा समस्या देखिने गर्छ ।
० विषले शरीरमा टाक्सिनको रूपमा काम गर्छ । र, त्यस्तो टाक्सिन नसाका माध्यमबाट सबै ठाउँमा पुग्छ । जसकारण यसको चौतर्फी असर देखिने गर्छ ।
सावधानी
० विष सेवन गरेको थाहा पाएपछि अस्पताल पु(यानुअघि तुरुन्तै केही प्राथमिक उपचार गर्न सकिन्छ, जसले ठूलो दुर्घटनाबाट जोगाउन सक्छ । त्यसका लागि पानी खुवाउन सकिन्छ । किनभने, पानी खुवाएर बिरामीलाई बमिट गराउन सकिन्छ । यसरी बमिट गराउँदा विष वमन हुन सक्छ र यसले शरीरमा कम मात्र असर पार्ने वातावरण सिर्जना हुन्छ ।
० तुरुन्तै उपचार गर्न असम्भव हुन सक्छ । त्यसैले, बमिटिङका लागि मुखमा औँला हाल्न पनि सकिन्छ । यो पनि विष वमन गराउने अर्को उपाय हो ।
० मानिसले खाएको खाना सामान्यतया पेटमा तीन–चार घन्टासम्म रहन्छ र त्यसपछि अझ तीव्रताका साथ काम गर्न थाल्छ । विष सेवनपछि पनि यही नियम लागू हुन्छ । त्यसैले ढिलोमा तीन–चार घन्टासम्ममा बिरामीलाई अस्पताल पु(याउन सके मात्र यसको उपचार सम्भव हुन्छ ।
उपचार
० विष सेवनपछि उपचारको प्रिन्सिपल भनेको के हो भने विष भएको ठाउँबाट हटाउने हो । मेडिलाइजेसन या औषधिको प्रयोगले यसो गर्न सकिन्छ ।
० बिरामीलाई विषसँग लड्ने खालका औषधि तथा एन्टिडोज दिनुपर्ने हुन्छ । यस्ता बिरामीलाई अस्पतालमा भर्ना गरेर एक हप्तादेखि १० दिनसम्म राख्नुपर्ने हुन्छ ।
० बिरामीलाई औषधिसँगै साइको, फिजियो थेरापी पनि दिनुपर्छ । किनभने, उनीहरूले पुनः विष सेवन गर्न सक्छन् । यस्ता रोगीलाई शारीरिक मात्र नभई मनोवैज्ञानिक उपचार पनि गर्नुपर्ने हुन्छ ।
० बिरामीलाई डिस्चार्ज गर्ने समय रगत, प्रेसर, पल्स, मुटु, मिर्गौला, कलेजोलगायतको राम्रोसँग परीक्षण गर्नुपर्छ ।










