वन मन्त्री शक्ति वस्नेतले भने ः डा. गोविन्द केसीका हटका कारण वार्ता हुन सकेन

धनकुटा । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले डा. गोविन्द केसीका हटका कारण उनीसँग वार्ता हुन नसकेको बताएका छन। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसरमा धनकुटामा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले वार्ता समिती गठन गरिसके पनि केसी म यो सित वार्ता गर्दिन अर्को चाहियो भनेर वार्तामा बस्न नचाहेको आरोप लगाए।
वर्तमान समयमा नीति, विधी र संस्थालाई समय अनुसार आवश्यकता बमोजिम परिमार्जन गरी लैजाने गरि सरकार लागि रहेको मन्त्री बस्नेतको भनाई थियो। सरकारको अहिलेको मुख्य काम भनेको संविधानको पूर्ण कार्यान्वयन गरि प्रशासनिक पुनर्सरचना र मौलिक हकलाई ध्यानमा राखेर हरेक मन्त्रालयले कानुन निर्माण रहेको बताउँदै मन्त्री बस्नेतले त्यो काम पुरा हने अवस्थामा रहेको बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिती सदस्य समेत रहेका मन्त्री बस्नेतले अहिलेको सरकारले बजेट निर्माणलाई पनि प्राथमिकतामा राखेको बताए। उनले समुदायको चाहना र मागलाई मध्यनजर गरि आवश्यकता अनुसार भएका ऐन कानुनहरुको परिमार्जन गर्ने प्रकृयामा सम्बन्धित मन्त्रालयले काम गरिरहेको समेत जानकारी दिए। उनले भने, ‘प्रशासनिक पुनर्सरचना, कानुन निर्माण र बजेट निर्माणका काम सकेर सरकार जनतालाई सेवा प्रवाहमा लागेको छ।’
उनले अहिलेको सरकारले चुनावमा जारी गरिएको घोषणापत्रमा भएका कुरा अक्षरांश कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए। उनले भने, ‘सरकार मुलुकको समृद्धिका साथ साथै जनताको खुशीका लागि काम गरिरहेको छ तपाईहरुले यसमा सहयोग गर्नुहोस हातेमालो गर्नुहोस।’
त्यस्तै कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य हेमराज भण्डारी र धर्मराज निरौला, पूर्व शिक्षा राज्य मन्त्री धनमायाँ विक, पूर्व सांसदहरु गोपाल गुरागाई र टिकाराम चेम्जोङले पुष्पलालको योगदानको विषयमा चर्चा गरेका थिए।










