गाडीको ठक्करबाट बालिकाको मृत्यु

जाजरकोट,  जाजरकोटमा गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । गाडीको ठक्करबाट भेरी नगरपालिका १ रावतगाँउका पृथीबहादुर रावतकी ८ बर्षिया छोरी रोशनी रावतको सोमवार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।
खलंगा देखि रिम्ना तर्फ गईरहेको भेरी गंगा यातायात समितिको ना ४ छ ९७२४ नम्बरको गाडीले रावतगाँउमा ठक्कर दिदा बेहोस भएकी उनलाई उपचारको लागि जाजरकोट अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । गाडी, चालक धर्मराज बुढा र गाडीधनी विवस शाहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिनुभएको छ । चालकको लापरवाहीले बालिकाको ज्यान गएको भन्दै घटना प्रति स्थानियले आक्रोश पोखेका छन् ।





error: Content is protected !!