बाढीले बाँध भत्काएपछि बिद्युत आपुर्ति बन्द,३० लाख भन्दा बढीको क्षेती

रामचन्द्र न्यौपाने
डोल्पा –त्रिपुराकोट) अबिरल वर्षाकाकारण छलगाड खोलामा आएको बाढीले छलगाड लघुजलबिद्युत आयोजनाको बाँध भत्काएपछि बिद्युत आपुर्ति बन्द भएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका–१ लोकामा रहेको छलगाड लघुजलबिद्युत आयोजनाको बाँध अबिरल बर्षाका कारण आएको बाढीले भत्काएपछि बिद्युत आपुर्ति बन्द भएको हो ।
बाढीले झण्डै ५० मिटर भन्दा बढी बाँधलाई कटान गरेको बताइएको छ ।३५ किलोवाट क्षमता भएको लघुजलबिद्युत आयोजनाले त्रिपुरासुन्दरी नगरपालिकाको १ नम्बर वार्डका ३ सय ५० घरधुरीलाई बिद्युत आपुर्ति गर्दै आएको थियो ।बाढीले झण्डै ३० लाख बराबरको क्षेत्ती पुर्याएको छ ।
बिद्युत आपुर्ति बन्द हुदाँ त्रिपुरासुन्दरी नगरपालिका अन्तरगतका कार्यालय तथा गैह्रसरकारी कार्यालयको कामकाज प्रभावित बनेको छ ।
बिद्युत आपुर्ति बन्द भएपछि सामान्य कागजात फोटोकपि तथा ईमेल गर्नकै लागि सदरमुकाम दुनैमा जानु पर्ने अवस्था सृजना भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का हेमराज हमालले बताए ।
नेपाल किसान संघका केन्द्रिय सदस्य गौरीशंकर उपाध्याय नेपाल तरुणदल डोल्पाका अध्यक्ष तुलबहादुर बोहरा त्रिपुरासुन्दरी नगरपालिकाका लेखापाल पदम खनाल लगायत प्राबिधिक सहितको टोलीले बाढीले क्षेत्ती पुर्याएको बाँधको स्थलगत निरिक्षण गरेर बाँधमा पुर्याएको क्षेत्ती र बाढीको संम्भावित असरबारे जानकारी लिएको छ ।
बाढीले क्षेत्ती ठुलै पुर्याएको र बाढीको बहाव समेत बढेकाले पनि तत्तकाल बाँधको मर्मत तथा पुर्ननिमार्ण गर्न सम्भव नभएको त्रिपुरासुन्दरी नगरपालिकाका इन्जिनियर सन्त सार्कीले बताए ।असोज नलागे सम्म पानीको बहाव नघट्ने र खोलामा बाँध बाँध्न पनि नसकिने भएकाले त्रिपुरासुन्दरी नगरपालिकाका बासिन्दाहरु तिन महिना सम्म अन्धकारमा बस्न बाध्य भएका छन ।
बाढीले छलगाड लघुजलबिद्युत आयोजनाको बाँध लगायत लोका ज्युलोमा लागइएको बालीनालीमा समेत सामान्य क्षेत्री पुर्याएको बताइएको छ ।
बाढी बढेसंगै छलगाड नदीले आफ्नो धारपरिवर्तन गरि खेतीयोग्यजमिन तर्फ कटान गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन ।








