डोल्पाको ग्रामीणबस्तीमा समेत मनाइयो ३६ औ बिपि स्मृतिदिवस

रामचन्द्र न्यौपाने
डोल्पा (त्रिपुराकोट )नेपाली राजनीतिका प्रखर तथा महामानव बिश्वश्वरप्रसाद काईरालाको ३६ औ स्मृति दिवस हिमाली जिल्ला डोल्पाको ग्रामीण बस्तीमा समेत मनाइएको छ ।
प्रजातन्त्रिक समाजवादको सिद्दान्तका प्रणेताको रुपमा चिनिने महामानव बिपि कोइरालालाई स्मरण गर्र्दै नेपाल तरुणदल डोल्पाको आयोजनामा त्रिपुरासुन्दरी नगरपालिकाको वार्ड–१ मा पर्ने बिकटबस्ती त्रिपुराकोटमा पहिलो पटक ३६ औ बिपि स्मृति दिवस मनाइएको हो ।
बिगतमा सदरमुकाम दुनैमा मनाइदै आएको बिपि स्मृति दिवस नेपाल तरुणदलले ग्रामीण बस्तीमा मनाईरहँदा जिल्लाको माउपाटी नेपाली काँग्रेस जिल्ला कार्यसमिति डोल्पा भने बिपि स्मृति दिवस प्रति बेखवर बन्यो ।
ग्रामीण्बस्तीमा पहिलो पटक मनाइएको बिपि स्मृति दिवसमा ग्रामीण भेगबाट समेत नेपालीकाँग्रेसका कार्यकर्ता तथा शुभचिन्तकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
यसैवीच नेपाल तरुणदलले नेपाली काँग्रेस डोल्पामा लामो समयसम्म रहेर पार्टीमा राजनीतिक योगदान पुर्याए वापत ८७ वर्षीय दन्तसिँ कठायत ८० वर्षीय रबिप्रसाद न्यौपाने र ५६ वर्षीय नरसिँ कठायतलाई नेपाली ढाँका टोपी र अबिर टिका लगाएर बिपि स्मृति दिवसको अवसर पारेर सम्मान गरिएको छ ।
नेपाल तरुणदलका अध्यक्ष तुलबहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकाँस जिल्लास्तरका नेता कार्यकर्ताहरुले बीपीको सामाजिक राजनीतिक बिचारलाई सहि रुपमा व्यवहारमा ल्याउननसक्दा काँग्रेस आजको परिस्थितीमा खुम्चनु परेको बताए ।
संबिधानले परिकल्पना गरेको समाजवादउन्मुख राष्ट्र निमार्णमा बीपीका विचार महत्वपुर्ण र सान्दर्भिक रहेकोले बीपीले देखाएको मार्गनिर्देशमा काँग्रेसीहरु हिड्नु आजको आबश्यकता रहेकोमा कार्यक्रमका बक्ताहरुले जोड दिएका छन ।
कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य देबिकृष्ण न्यौपाने,नेपालकिसान संघका केन्द्रिय सदस्य गौरीशंकर उपाध्याय,पार्टी सचिव नयनन्द उपाध्याय सम्मानित ब्यक्तित्व रबिप्रसाद न्यौपाने नेपाल बिद्यार्थी संघ जुम्लाका पुर्व अध्यक्ष यज्ञराज उपाध्याय नेकपाका प्रतिनिधि कालि चलाउने लगायतले बोलेका थिए ।










