पहिरोमा मृत्यू भएका आफन्तलाई राहत

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिकाकी उपाध्यक्ष शिवा आचार्यले पहिरोमा परेका घाइतेहरुलाई राहत हस्तान्तरण गरेकी छन् । आइतवार बिहान जिल्ला अस्पताल जाजरकोटमा पुगि उपाध्यक्ष आचार्यले राहत रकम हस्तान्तरण गरेकि हुन् । अविरल बर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा विहिरबार राती जुनीचाँदे गाँउपालिका– ६ गर्खाकोट छिर्कमा एकै घरका दुईको मृत्यू भएको छ । पहिरोमा परि घाईते भएका एकै घरका तीन जनालाई तत्काल गाउँपालिका बाट बीस हजार पिडितलाई हस्तान्तरण गरिएको जुनिचाँदे गाउँपालिकाकी उपाध्यक्ष शिवा आचार्य बस्नेतले बताईन ।

राहत रकम हस्तान्तरण गर्दै आचार्यले घाइतेहरुलाई उपचार खर्च र किरीया खर्चका लागि क्षतिपुर्ति गाउँ कार्यपालिकाको साउन १० गते कार्यपालिका बाट बिनियोजन गरि गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसी लगाएत गाउँपालिका टिम घटना स्थलमा गई राहत बितरण गर्ने बताइन ।

जुनिचाँदे गाउँपालिकाका साप्र प्रेम बहादुर कार्किले १ हजार रुपौया उपलव्ध गराएका थिए । त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्स जाजरकोका प्रमुद गोबिन्द बहादुर बुढा ले पनि आर्थिक सहयोग गरेका थिए ।

यस्तै प्रमुख जिल्ला अधिकारि ललित कुमार बस्नेतले हाल जिल्ला स्वास्थ्य जाजरकोटमा उपचार भइरहेको घरमुली भक्तबहादुर बुढा को स्वास्थ्य अवस्था केहि दिनमा ठिकहुने नाती १३ वर्षीय पारस बुढा र ७ वर्षीया नातिनी खिमा बुढा लाई त्यस्तो खासै चोटपटक नदेखिएको बताए । साथै आइतवार जिल्लाम रहेको दैबी प्रकोप उद्धार समिति बाट ज्यान गुमाउनेका आफन्त एक , एक लाख रूपैया उपलव्ध गराउने र तत्काल आवास का लागि रू दश हजार ब्यबस्था मिलाएको बस्नेतले बताए । साथै घाइतेहरू खाना बस्नको खर्चको लागि ब्यस्था मिलाएको घर जानको लागि प्रति ब्यत्तिm २ हजारका दरले ६ हजार राहत रकम उपलब्ध गराउने बस्नेतले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!