डोल्पाली दुषित पानी पिउन बाध्य

रामचन्द्र न्यौपाने
त्रिपुराकोट(डोल्पा) बर्षायामको सुरुसँगै डोल्पाली जनता दुषित पानी पिउन बाध्य भएकाछन् । दुईसाता देखिको निरन्तर बर्षातका कारण शुद्ध पिउने पानीको स्रोतका रुपमा रहेका खहरेखोलाहरुमा पानीको बहाव बडेर फोहोर पानी बग्न थालेपछि डोल्पाली जनता दुषित पानी पिउन बाध्य भएकाहुन् ।
“जिल्लाका अधिकाशं खानेपानीका मुहान खहरे खोलामै बनाईएकाले पनि बर्षातको समयमा पानी दुषितहुने गरेको त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय गौरीशंकर उपाध्यायले बताए ।
“जिल्लाका सबैजसो खहरे खोलामा पानीको बहाव बडेको छ,पानीको बहावसँगै स–साना काठका टुक्रा,माटो,बालुवा लगाएतका बस्तुहरु बगाएर ल्याउने गरेपछि धारामा समेत फोहोर धमिलो पानी आउने गरेको छ” उनले भने ।
“बर्षायामको सुरुसँगै पानीको मुहाननै ठुलाठुला ढुङ्गा काठहरुले बन्दहुने भएकाले कहिलकाँही धारामा पानी नै आँउदैन्” उहाँले थप्नुभयो ।
बर्षायामको सुरुसँगै त्रिपुराकोट ,गल्ली ,रल्ली, पहाडा ,जुफाल,दुनै,खदाङ लगाएतका जिल्लाका अधिकाशं बस्तीहरुका जनताहरु दुषित पानी पिउन बाध्यछन् ।
“बर्षातको समयमा पानीका मुहाननै दुषितहुने भएकाले धारोमा पनि दुषित पानी नै आँउछ्,दुषित पानी प्रयोगगर्दा झाडापाला,रुघाखोकी,छालाजन्य रोगको संक्रमणहुने खतराहुने हुन्छ ”स्वास्थ्य चौकी त्रिपुराकोटकी स्वास्थ्यकर्मी सावीत्री सिँहले भनिन् ।
बर्षातमा पानीलाई उमाल्ने,सोडिस गर्ने,फिल्टरिङ लगाएतका विभिन्न शुद्धीकरणका बिधिहरु अपनाएर मात्र मात्र पानीको प्रयोग गर्नुपर्ने स्वाथ्यकर्मीले आग्रह गरेकाछन् ।
बर्षायाममा फोहोर पानीको प्रयोग धेरैहुने गरेकाले स्वास्थ्य सँस्था तथा निजि मेडिकल सेन्टरहरुमा झाडापखाला,ज्वरो,रुघाखोकी का बिरामिहरु एपचारकालागि धेरै आउने गरेको मेडिकल संञ्चालकहरुले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!