घरमै सुत्केरी गराउँदा महिलाको मृत्यु

कालिकोट । ढिलोगरी प्राप्त समचार अनुसार जिल्लाको तिलागुफा नगरपालिकाका वडा १० को रुडुमा घरमा नै सुत्केरी स्थानीय कालीबहादुर थापाको ३३ बर्षिया श्रीमति राइकोशा थापाको मंगलबार राती मृत्यु भएको हो । घरमा नै सुत्केरी भएकी थापाको बच्चा जन्मिएको २ घण्टामा नै मृत्यु भएको हो ।
थापाले मंगलबार राती १० बजे घरमा नै बच्चा जन्माएको अत्याधिक रक्तश्राव भएका कारणले २ घण्टा पछि मृत्यु भएको उनका श्रीमान कालीबहादुर थापाले बताए । ‘डाक्टरहरुले घरमा सुत्केरी नगराउन सल्लाह दिएका थिए ।’ उनले भने,‘घरबाट अस्पताल बोक्ने मान्छे नहुदाँ घरमा नै सुत्केरी गराउँदा समस्या भयो ।’
मृतक थापाका छोरा जन्मिएको र छोरा भने सकुशल भएका छन् ।
स्थानीय स्वास्थ्य चौकीमा एक महिना अगाडी गर्भ जाँच गराउन आएको र थापामा रक्तअल्पता भएको पाइएको घरमा सुत्केरी नगराएर अस्पतालमा नै सुत्केरी गराउन सुझाव दिएको घरमा नै सुत्केरी गराउँदा समस्या आएको तिलागुफा नगरपालिका वडा नं. १० चिल्खाया स्वास्थ्य चौकीका ईन्चार्ज दुर्गाप्रसाद आचार्यले बताए । ‘एक महिना अगाडी थापा स्वास्थ्य चौकीमा गर्भ चाँच गराउन आउनु भएको थियो । हामीले घरमा नै सुत्केरी नराउन सुझाव दिएको थियौं ।’ उनले भने,‘तर, परिवारले हामीले दिएको सुझाव नमान्दा दुर्घटना भएछ ।’
गत बर्ष पनि तिलागुफा नगरपालिका वडा नं. ११ का हरिशोभा बि.क.को पनि रक्तअल्पताका कारणले मृत्यु भएको थियो ।










