जीप दुर्घटनामा परि चालकको मृत्यू

जाजरकोट  ः छिन्चु — जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको रैकर बजार र कुरिल्लेको बिचमा पर्ने “जुम्ली भिरमा जीप दुर्घटनमा चालकको मृत्यू भएको छ । भे १ ज ८५२ नम्बरको जीप हिजो राती दुर्घटना हुँदा गाडी चालक सुर्खेत गुर्भाकोट नगरपालिका १० का २४ बर्षिय मदन बि.क.को घटनास्थलमै ज्यान गएको छ ।
गाडी सडक खण्डबाट करिब १ सय ५० मिटर तल भेरी नदीमा खस्दा उक्त दुर्घटना भएको हो । गाडी पुर्ण रुपमा क्षतबिक्षत भएको छ भने उक्त गाडीमा अन्य कोहि पनि यात्रु सवार नरहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । हिजो राती सल्यानको सल्लीबजार यात्रु छोडी घर फर्कने क्रममा उक्त घटना घटेको प्रहरीको अनुमान छ।
“आज दिउँसो २ बजे सम्म पनि गाडी र चालक सम्पर्क बिहिन भएपछि गाडी मालिकले खोजीतलासी गर्दा करिब ४ बजेतिर उक्त ठाउँमा क्षतबिक्षेत अबस्थामा रहेको गाडी र चालकको शब भेटिएको मेहेलकुना प्रहरी कार्यालयका प्रहरी हवल्दार दिपेन्द्र मल्लले जानकारी दिनु भयो ।





error: Content is protected !!