डोल्पामा लेक लागेर थप २ जना विरामी,एकको अवस्था गम्भिर

डोल्पा(दुनैं), १४ जेठ
यार्सागुम्बा टिप्न ठुलीभेरी नगरपालिका १० को ग्यालवारा पाटन पुगेका थप २ जना लेख लागेर विरामी परेका छन् ।
आफन्त र प्रहरीद्धारा उनीहरुको उद्धार भएर जिल्ला अस्पताल डोल्पामा उपचार भैरहेको छ ।
यार्सागुम्बा टिप्न ठुलीभेरी नगरपालिका १० मा पर्ने ग्यालवारा पाटन पुगेका २ जना यार्सा संकलकहरु गणेशकुमारी रोकाया र निदेश शाही लेक लागेर विरामी परे पछि उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल डोल्पामा भर्ना गरिएको छ ।
लेक लागेर विरामी पर्नेमा ठुलीभेरी नगरपालिका ६ की १६ वर्षकी गणेशकुमारी रोकाया र मुड्केचुला गाँउपालिकाका १८ वर्षिय दिनेश शाही रहेको र उनीहरुलाई उपचार भैरहेको छ जिल्ला अस्पताल डोल्पाका डा. लक्ष्मण नेपालले बताए ।
डा. नेपालका अनुसार लेक लागेर विरामी भएका उनीहरुलाई स्थानीय र प्रहरीहरुले उद्धार गरेर जिल्ला अस्पताल डोल्पामा उपचारका लागि भर्ना गरेको हो ।
उपचारमा रहेका मध्ये गणेशकुमारी रोकायाको अवस्था गम्भिर रहेको छ ।
वेहोस अवस्थामा रहेकी रोकायाको उपचार डोल्पामा नहुने भएकाले थप उपचारका लागि नेपालगञ्ज काठमाण्डौं लिनु पर्ने अवस्था रहेको छ ।
विरामी रोकायालाई उनका दिदी भिनाजुले कुरिरहेका छन् । उनका बाबु सोमवार बेलुकीसम्म आएका छैनन् ।
उनका बाबु नआएकाले जिल्ला अस्पताल डोल्पाले सिफारिस गरी नेपालगञ्ज काठमाण्डौं पठाउन नसकेको जनाएको छ ।
अस्पतालका अनुसार लेक लागेका विरामीको उपचार सरकारी सहयोगमा नपर्नेे भएकाले विरामीले आफ्नै खर्चमा उपचार गर्नुपर्ने हुन्छ ।
विश्वको उच्च मानव बस्ति धो मा यार्सागुम्बा टिप्न गएर विरामी परेका रुकुमका हरिबहादुर शाहीको आइतवार पूर्व शान्ति मन्त्री सत्य पहाडी पहलको हेलिकोप्टर मार्फत उपचारका लागि नेपालगञ्ज लगिएको थियो ।
आर्थिक अवस्था नाजुक भएकाले लेक लागेर बेहोस अवस्थामा रहिका रोकायको उपचारकाको ब्यबस्था मिलाई दिनकोलागि आफन्तले सरकारसँग आग्रह गरेकाछन् ।
रामचन्द्र न्यौपाने








