चरेश सहित एक पक्राउ

जाजरकोट , १३ जेठ(रासस)ः सिम्ता गाउँपालिका वडा ६ का ४० वर्षीय राजु नेपाली जाजरकोट शिवालय गाउँपालिका वडा १ छेडामा चरेश सहित आईतबार दिउँसो पक्राउ परेका छन् । भे १ प ७५४० नंम्वरको मोटर साईकलमा विक सुर्खेत जाँदै गर्दा सादा पोशाकमा खटिएको प्रहरीले ३ किलो २ सय ग्राम चरेश सहित छेडामा पक्राउ गरेको डिएस्पी रविन्द्रवहादुर सिंहले जानकारी दिनुभयो । जिरा मसिनो चामल लेखेको वोरामा मोटरसाईकल पछाडी राखि विक हिडिरहेका थिए । प्रहरीले गोप्य सुचनाका आधारमा राजुलाई खानतलास गर्दा उक्त परिणाममा चरेश सहित विक पक्राउ परेका हुँन् ।





error: Content is protected !!