जाजरकोटको प्रथम राष्ट्रिय प्रदर्शनी काठमाण्डौमा यस्तो देखियो।

काठमाणडाैं।

जाजरकोटको ऐतिहासीक लोक परम्पराको प्रथम राष्टिय प्रदर्शनी काटमाण्डौमा भब्य रुपले सम्पन्न भएको छ।जाजरकोटको ईतिहास संग जोडिएका एैतिहासिक रैथाने नाच तथा परम्परागत सस्कृतीको काठमाण्डौको राष्टिय सभा गृहमा भब्य प्रदर्शन सहित सम्पन्न भएको छ।
जजरकोट जिल्लाकाको परिचयलाई राष्टिय स्तरमा चिनाउने र जिल्लाको पर्यटन प्रबद्धनमा टेवा पुर्याउन तथा रैथाने लोक नाच तथा परमपरालाई राष्टिय स्तरमा राष्टियकरण गर्नका लागी काठमाण्डौमा रैथाने लोक सस्कृती,नाच,परम्पराको प्रदर्शन गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथी उपराष्टपति नन्द बहादुर पुन,बिषेश अतिथी पर्यटन मन्त्री रबिन्द्र अधिकारी,पुर्ब गृहमन्त्री जर्नादन शर्मा,बन मन्त्री शक्ती बहादुर बस्नेत,कालि बहादुर मल्ल,भैरब सुन्दर श्रेष्ठ सहित थुप्रै जाजरकोटि तथा अन्य ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो।
जाजरकोटी सेनाले राज्य एकिकरणको बेला राजा पृथ्बी नारायण शाहलाई सघाएको गौरब पुर्ण ईतिहास र ईस्वी सम्बत १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अंग्रेज बिचको लडाईमा जाजरकोटी सेनाले नेपाल सरकारलाई पुर्याएको योगदान तथा यस्ता थुप्रै राष्टिय स्तरका नमुना कार्य गरेको जाजरकोटले नेपाल सरकारलाई बिजय यात्रामा अग्रिम भुमिका निर्बाह गरेको छ।
yत्यहि युद्धको समयलाई जिउदो बनाउदो जाजरकोट ढिमेको खाँडो नाचले बिषेश गरी त्यहि पुरानो युद्धलाई दर्साउछ।युद्धका बेला जिबन रक्षाका लागी एक हातमा तरवार र अर्को हातमा ढाल समातेर यद्ध गरको ईतिहास यसै खाँडो नाचले जिउँदो देखाउछ।त्यस्तै लहँको ख्याली,पैसरु,बाह्र दाप्के नाच तथा ढिमे कै सिंगारु नाचको पनि प्रदर्शन गरीएको थियो।
कार्यक्रमका प्रखुख अतिथी उपराष्टपति नन्द बहादुर पुनले ऐतिहासीक खाँडो नाचको जगेर्ना गर्न र यसको महत्वका बिषयमा चर्चा हुन जरुरी भएको बताउनु भयो।त्यस्तै पुर्ब गृहमन्त्री जनार्दन शर्माले पनि जाजरकोटका ऐतिहासीक सस्कृती र परम्परको जगेर्ना गर्न राष्टिय स्तरबाट नै ध्यान जान आबश्यक रहेको बताउनु भयो।पर्यटन तथा नागरीक उड््यन मन्त्री रबिन््् अधिकारीले पनि सबै प्रदेशका सस्कृती तथा परम्परको जगेर्ना र पर्यटकिय स्थलको स.रक्षण र सम्बद्र्धनका लागी निति निर्माणकको आबश्यक रहेको बताउनु भयो।सो प्रर्दशनी कार्यक्रममा जाजरकोटमा पाईने अमुल्य काइृनाइृट पत्थर तथा अन्य घरेलु उधोगबाट निर्माणाधिन सामाग्रीको समेत प्रदर्शन गरीएको थियो।

 





error: Content is protected !!