पहिलो पटक तल्लो डोल्पामा मोटर

जाजरकोट , २७ चैत्र(रासस)ः घोडा चढेर वषौदेखि यात्रा गदै आएका त्रिपुरासुन्दरी नगरपालिका वडा ५ लंका वुढाका ले पहिलो पटक गाउँमा मोटर देख्दा दंग भए । पुस्तै पछि सडक तल्लो डोल्पाको त्रिपुरासुन्दरी नपा ५ मा पुगेर सवैको पहुँचमा पुग्ने भएपछि उनी लगाएत सवै दंग छन् । वषौदेखि घोडाको भरमा आवत जावत गदै आएका यहाँका अधिकांश स्थानीयहरु घर आंगनमा जीप पुगेपछि खुसीले सिमा नै नरहेको बताएका हुँन् । पिठ्यू र थाप्लोमा भारी बोकेर हैरान भएका कालिकाका स्थानीय रामवहादुर बुढा , बाटो छोटिएको भन्दै खुसीका आँसु खसाले । भारी बोक्दा बोक्दै कयौ पुस्ता यहि माटोमा बिलिन भएको भन्दै अव आफ्नो दिन पनि आएको भन्दै खुसीको आँसु खसालेका हुँन् । जाजरकोट ,नेपालगन्ज कपडा ,नुन ,चामल ल्याएर आउँन मात्र तीन महिना लाग्ने कोही बीच बाटोमै मृत्यूको भएको खवर १ वर्ष पछि मात्र थाह हुँने गरेको बताउने श्रीविणेका रत्नप्रसाद बुढाले अव हाम्रो पालामा दिन फेरिएको भन्दै नेपाली सडक निर्माण गर्ने नेपाली सेनालाई धन्यावाद दिए । तल्लो डोल्पामा अब घोडा खच्चड यूग सकिएको अब गाडी यूग आएको भन्दै स्थानीयले नारावाजी समेत गरेका छन् ।
ट्याक खोल्न मात्र ४ किलोमिटर
नेपाली सेनाले १४ वर्ष देखि निरन्तर जाजरकोट — डोल्पा सडक खण्ड निर्माण कार्य गदै आएको छ । जाजरकोट देखि डोल्पाको दुनै सम्म १ सय १८ किलोमिटर सडक मध्य नेपाली सेनाले अहिले १ सय १४ .७ किलोमिटर ट्याक खोलेको र ९१ किलोमिटर भित्र आईतबार देखि औपचारिक रुपमा यातायातका साधनहरु सञ्चालनमा ल्याएको छ । तल्लो डोल्पाको खदाङ सम्म गाडिको पहुँच पुगेसंगै डोल्पा खण्डमा मात्र १५ किलोमिटर सडक भित्र हलुका जीपहरु सञ्चालनमा आएको नेपाली सेनाका निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले बताए । दर्जनौँ कडा चट्टान र सयौँ भीर पहारा कटान गदै सेनाले तल्लो डोल्पामा सडक पुर्याएको हो । टोपी खस्ने चट्टान हरु फोर्दा फोदै यस सडक खण्डमा दर्जन बढी मदजुरको समेत मृत्यू भईसकेको छ । चट्टान नै चट्टानले बनेको भु बनोटका कारण यो सडक खण्ड निर्माणमा ठुलो चुनौति थपिएको छ । एउटा भीर मात्र कटान गर्न दुई वर्ष भन्दा बढी समय लाग्ने गरेको सेनाले बताएको छ । जाजरकोट देखि डोल्पा सम्म आधा दर्जन बेस क्याम्प स्थापना गरि सेनाले निर्माण कार्य जारी राखेको छ । डोल्पाको त्रिवेणी,करवगाड, हुँदै खदाङ सम्म यातायातको सहज पहुँच संगै डोल्पाको सदरमुकाम दुनै र माथेल्लो डोल्पा सम्म दैनिक उपभोग्या सामग्री लिन र डोल्पाको जडिवुटी सम्वन्धित ठाउँमा ल्याउन सहज भएको छ । अब १ सय १४ .७ किलोमिटर खनिसकेकोले छिटै सो ठाउँमा यातायातका साधन सञ्चालनमा लागि काम तिव्र रुपमा भईरहेको छ । बाँकी ४ किलोमिटर सडक खन्न नै बाँकी रहेको छ । ९१ किलोमिटर भीत्र यातायातका साधनहरु यातायातका साधनहरु सञ्चालन आईसककेको कर्णेल पहाडीले बताए । किलोमिटर सडक खण्ड सडक निर्माण कार्य जारी रहेको छ । २३ किलोमिटर सडक खण्ड निर्माण संगै डोल्पाको दुनै सडक पुग्ने छ । तीन किलोमिटर भन्दा लामा र कडा चट्टानहरु फोदै बाँकी सडक निर्माण कार्य भईरहेको सेनाले बताएको छ ।
के भन्छन् सडक बारे सांसदहरु
पुर्व शान्ति मन्त्री तथा डोल्पाकी सांसद सत्य पहाडीले अब सडक जोडिएर मात्र नहुँने र जिल्लामा उत्पादन भएका नियातमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यहाँको जडीवुटीलाई सहि रुपमा प्रयोग गरि व्यावसायमुखी हुनुपर्ने बताउनुभयो । यो सडक चीन संग जोडिने भएकाले त्रिदेशीय नाँकाका रुपमा विकास गर्नका लागि लागि परेको पहाडीको भनाई छ । अर्का डोल्पा क्षेत्र २ का सांसद बीरबहादुर शाही जिल्लामा अव मधिरा बन्द गरिने बताउनुभयो । स्थानीय उत्पादनलाई जोड दिने उहाँको तर्क छ ।
सवैको साथ समर्थन र सहयोग भएमा नेपाली सेनाले अबको दशैमा त्रिपुरासुन्दरी नगरपालिमा को मुटुमा सडक पुग्ने आउँदो एक वर्ष भित्र दुनै यातायात पुग्ने सडक निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले बताउनुभयो ।त्यस्तै सांसद पदमा वोहराले जिल्लाको संवृद्धीको लागि हरेक कुरामा सहयोग गर्ने र योजना तथा नीति त्यो अनुसार निर्माण हुँने ताउनुभयो ।
हेमन्त के सी ———









