ब्लड क्यान्सर पिडित शान्तिलाई आर्थिक सहयोग रकम हस्तानतरण।

काठमाण्डौं
खिजीदेम्बा गाउँपालिका ओखलढुगां कि २१ बर्षिया शान्ती तामाङ बिगत १ बर्ष देखी ब्लड क्यान्सर भई थलिएकि छिन।घरमा बाबा,आमा र दिदिको साथमा बस्दै आए कि शान्तीलाई एक्कासी ब्लड क्यान्सर भ्एको छ।घरमा आर्थिक अबस्था कमजोर भए कि शान्तीको उपचारको लागी करिब २० देखी २५ लाख सम्म रकम लाग्ने अस्पतालले बताएको छ।तर घरमा भने यो सम्भब देखिदैन।बिगत १बर्ष देखि ग्रसित शान्तीको उपचारको लागी अहिले बिभिन्न माध्यमबाट सहयोग संकलन भई रहेको छ।
देश तथा बिदेशबाट पनि शान्ती बचाउँ अभियान सुरु गरिएको छ।त्यस्तै केहि महिना अघि देखि काठमाण्डौंमा पनि शान्ती बचाउँ अभियान सुुरु गरिएको छ।बिभिन्न फेसबुक ग्रुपहरु,साथै सहयोगमा जुटदै आएका सामाजिक अभियन्ताहरुले सडक सकंलन तथा बिभिन्न माध्यमबाट संकलित रु.१लाख २०हजार शनिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ।यो सामाजिक संजालको ग्रुपले पहिलो पटक रु.१लाख २५हजार,दोश्रो पटक रु.६५ हजार गरी जम्मा ३ लाख १०हजार सहयोग गरेको छ।
ब्लड क्यान्सर पिडित शान्तीको सहयोग अपिल गर्दै आएका सामाजिक अभियन्ता किसोर सुनुवार,अनि त्यस्तै आ–आफ््नो पेशा तथा अध्यनमा आबद्ध सामाजिक संजालको ग्रुप सबिता कार्कि,जोरा बिष्ट,रेज्जा अधिकारी,किरण सापकोटा सहितको टिमले बिभिन्न माध्यम तथा सडक सकंलन गरि सो रकम हस्तानतरण गरेको हो।
पिडित शान्तीको लागी देश तथा बिदेशबाट सक्दो सहयोग समेत गरि दिन अपिल गरेका छन।सहयोगको लागी शान्ती कि आमा रिता तामाङको नाममा रहेको नोभेल बैंकको खाता नः०४१००१७६५१०१६७ रहेको छ।





error: Content is protected !!