मन्त्री ज्यू यो पिडा कसले वुझने ? बिहान ,वेलुकाकै छाक टार्न मुस्किल

हेमन्त के सी
जाजरकोट ः राम्रो लगाउँने ,मिठो खाने अनि गज्जवको घरमा बस्ने कसलाई पो रहर हुँदैन र ? अनि गाउँ समाजका अगाडि धनि भएर बस्न चाहना कसलाई पो ईच्छा हुँदैन् । तर ईच्छा, चाहना मात्र भएर के गर्ने , बिहान साँझको छाक टार्न छिमेकी कै भर पर्नुपर्ने बाध्यता छ भेरी नगरपालिका वडा ७ का बलबहादुर विक र उनकी श्रीमती देबिका बिकलाई ।
३२ बर्षीय बलवहादुरकी ३० बर्षीया श्रीमती र ६ सन्तानहरु के खाउँ के लगाऔँ भन्दै गरिवीको ठुलो अजिव पहाडको समाना गदै जीवन चलाईरहेका छन् । झेप्प हेर्दा बलहादुरको वस्ने बास कुनै वेला बाँदर धपाउँनका लागि निर्माण गरिएको छाप्रो(आटी) जस्तो देखिन्छ । त्यो आटी नभई बलवहादुरको परिवार वस्ने घर हो । आधा सुर्यको प्रकास भित्र पर्छ र पानि पर्दा घर भरी पानीले वसी साध्य नै हुँदैन् ।
६ सन्तान र आमा ,बाबा गरि ८ जनाको परिवारलाई सुत्न समेत नमिल्ने छाप्रो भित्र हजारौ पिडाको बीचमा विक परिवार बस्न वाध्य छ । छोराको आश गर्दा गदै ६ सन्तान जन्माएका बिक दम्पतीले अन्तिममा छोरा त पाएको छ , तर जन्मिएको छोरालाई शरिर भरी ढाँक्ने कपडा, अनि पेट भरी खाना दिन नसकेको देविका बिक बताईन् । जेठि छोरी कल्पना १४ वर्षकै उमेर बिहे गरे गईसकेकी छिन् । बा को घरमा सुत्ने ठाउँ सम्म नभएपछि छोरीले विहे गरेको कल्पनाकी आमा देविकाले बताईन् । कल्पना देखि पछाडीका १ छोरा सहित ५ साना , साना ,१ वर्षको अन्तरालमा जन्मिएका बालवालिका छन् । बिहान र वेलुका अन्यको छिमेकीको घरमा भात, तरकारी,दाल पाक्दा देविकाको घरमा नुन संग मकैको बासी रोटी खानु वाध्यता हुँने गरेको देविकाले बताईन् ।

नुन बाहेक दैनिक सिस्नुकै भरमा बालबालिका र अभिभावक बाँचेका छन् । बलवहादुर धामी हुन् । गाउँ गाउँमा कोही स्थानीयवासीहरु बिरामी भएपछि बलवहादुरलाई नै बोलाएर झार फुक गर्ने गर्दछन् । झारफुक गरेबाफत दिएको अन्न र रुपैयाले यस बिक परिवारको चुलोमा आगो बल्ने गर्दछ । बलवहादुरको बा उनी सानै छर्दा मृत्यू भयो । विधुरा आमाले सकी नसकी बलबहादुरलाई हुकाइएन् । छोराको बिहे भएको २ वर्ष नवित्दै उनको पनि मृत्यू भयो । बलवहादुरको भागमा एक आना जग्गा जमिन छैन् । सधै मागेर यो परिबार चलेको छ । मागेर परिबार पाल्ने बिक दम्पतीले कसरी घर बनाउँनु ? र कसरी छोरा,छोरी बिद्यालय पठाउँनु , समस्य नै समस्याले गाँजेको छ जिन्दगी ।।
वर्ष पिच्छे छोराको आसमा ५ छोरी जन्माउदा बालबालिकालाई हुकाउँनै बिक परिवारलाई हैरान भएको छ । मधिरा सेवन गरि श्रीमती बलवहादुरले कुट्ने गर्दछन् । अनि समाजका दाजुभाईले सम्झाई , वुझाई गरेपनि श्रीमान् , श्रीमतीको झगडा त मिल्छ तर अभावको जिन्दगी भने कहिले मेटिदैन् । सवैका छोरा,छोरी विद्यालय पठाएको देख्दा देविकालाई आफ्ना छोरीहरुलाई विद्यालय पठाउँन त मन लाग्छ तर आर्थिक अभावका कारण उनका छोरी पढाउँने चाहना सपनामै परिणत हुन्छन् ।









