डोल्पा कारागारमा क्षमताभन्दा बढी कैदी

रामचन्द्र न्यौपाने त्रिपुराकोट डोल्पा
डोल्पा सदरमुकाम दुनैमा रहेको कारागार भवनमा क्षमताभन्दा धेरै कैदीबन्दी भएपछि खानेपानी र शौचालयको समस्या भएको छ । उच्च सरकारी वकिल कार्यालय जुम्लाको टोली डोल्पा पुगेर गरेको अनुगमनका क्रममा यस्तो समस्या रहेको पाईएको हो ।

उच्च सरकारी वकिल कार्यालय जुम्लाका प्रमुख मोहोन सागर बस्यालले कारगारमा अनुगमनको क्रममा खानेपानी र शौचालयको समस्या, क्षमताभन्दा धेरै कैदिबन्दी राखिएको, २५ जनाको ठाँउमा ३१ जना कैदीबन्दी भएकाले कैदीबन्दीहरुलाइ विभिन्न समस्या हुने गरेको गुनासोे आएको बताए । खानेपानी र शौचालयको समस्यालाई शिघ्र समाधानका लागि प्रशासन प्रमुख, जिप्रका प्रमुख, कारागार प्रशासन प्रमुखलाई निर्देशन दिईसकेको बस्यालले बताए ।

अनुगमनको क्रममा खानेपानी र शौचालयको अभावमा कारागार फोहोर देखिएको थियो । पुस्तकालय र खेलकुदका सामाग्रीहरुको अभावका कुरा विभिन्न निकायले गरेको प्रतिबेदनमा उल्लेख गर्ने गरेतापनि समाधान हुन नसकेकाले यसलाई विभिन्न निकायसँग समन्वय गरेर समाधान गर्न समेत सम्बन्धित निकायलाई भनिएको उनले जानकारी दिए ।

जिल्ला कारागार र हिरासत व्यस्थापन पहिलेकोभन्दा सुधारउन्मुख रहेको पाईएको छ । नयाँ बन्दै गरेको कारागार भवन पुरा भएपछि व्यवस्थापकिय पक्षको सुधार राम्रो हुने अनुगमन टोलीको अपेक्षा रहेको छ । कारागारमा आफन्त भेटघाट र स्वास्थ्य चेकजाँच व्यवस्था राम्रो पाईएको अनुगमन टोलीले जनाएको छ । अनुगमन टोलीले जिप्रका अन्तर्गत हिरासतको पनि अनुगमन गरेको छ





error: Content is protected !!