नशा नशामा रगत सरी, गणित बग्छ जीवनमा


नशा नशामा रगत सरी, गणित बग्छ जीवनमा
गाँस बाँस कपास सरी, गणित बग्छ जीवनमा
हर पल हमेसा सहयोग गर्न साधु सन्त उद्योगीलाई
अमुल्य अक्सिजन सरि, गणित बग्छ जीवनमा
किनमेल मेलापात खेतबारीमा जताततै रहन्छ
मुहान देखि समुद्र सरी, गणित बग्छ जीवनमा
सिकर्मी डकर्मी ईन्जिनियर डाक्टरलाई पनि
आमाको झै माया गरि, गणित बग्छ जीवनमा
घर भवन पुल पुलेसा बाटो घाटो बनाएर
विकास गर्न करेन्ट सरि, गणित बग्छ जीवनमा
आणविक भट्टी क्षेप्यास्त्रमा आफैले राज गर्न
छिन भरमै जहाज सरि, गणित बग्छ जिवनमा
नशा नशामा रगत सरी, गणित बग्छ जीवनमा
गाँस बाँस कपास सरी , गणित बग्छ जीवनमा
तिलक खत्री
शिव व्यावसायिक माविका प्रधानाध्यापक हुँन् ।










