सुर्खेत विमानस्थलमा नयाँ उडान थप्ने तयारी संगै निगरानी बढ्यो

  हेमन्त के सी ÷ नरजन तामाङ
सुर्खेत  । कर्णाली प्रदेशका उद्योग वन वातावरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले सुर्खेतको विमानस्थलको अनुगमन गरेका छन् । चैत २१ गतेदेखि काठमाडौ सुर्खेत नियमित सेवा सञ्चालन हुने भएपछि विमानस्थलको अवस्था बारे अनुगमन गरेका हुन । नेपालगञ्जमा रात्तीकालिन रहदै आएका नीजी कम्पनी जहाजहरुलाई हप्ताको २ दिन सुर्खेत विमानस्थलमा रात्रीकालिन बास राखिनुपर्ने मन्त्री बुढाले बताए छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भएकोले मानिसहरुको आवत जावत बढाउनुपर्ने उनले बताए । काठमाडौबाट सुर्खेत र सुर्खेतबाट काठमाडौका लागी नियमित उडान सञ्चालन गर्नेको लागि मन्त्रालयमा आवश्यक पहल गर्ने कर्णाली प्रदेशमा यातायातको पहुँच नपुगेका जिल्लाहरुमा नियमित उडान भर्ने समेत उनले दावी छ । सुर्खेत विमान स्थलमा नै प्रयाप्त नभएकोले थप संरचना निर्माणको लागि अध्ययन थालिने मन्त्री बुढाले बताए ।
रारा कर्णाली पर्यटन महोत्सव लक्ष्यअनुसार पर्यटक भित्याउने
आगामी वैशाख १ गते देखि प्रदेश सरकारको आयोजना हुँन गइरहेको रारा–कर्णाली पर्यटन महोत्सवमा लक्ष्यअनुसार पर्यटकहरु भित्र्याउनका लागि विमानस्थल व्यवस्थापनमा लाग्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
कर्णालीका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्न प्रदेश सरकारले २०७५ साललाई पर्यटन वर्षका रुपमा मनाउन लागेको छ । सुर्खेत विमानस्थलमा यात्रु अभाव कारण कार्णाली प्रदेशका जिल्लाहरुमा कहिले काँही उडानहरु हुने गरेपछि निजी कम्पनीका जहाजहरु नेपालगञ्ज सुर्खेतबाट दिनको १ दुई उडान भदै आएका छन् । सुर्खेतबाट पनि नेपाल वायुसेवा निगमसँग पनि छलफल जारी रहेको मन्त्री बुढाको भनाई छ । चैत २५ गतेदेखि नियमित रुपमा सुर्खेत–काठमाडौंका साथै कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा हवाई उडान हुने भएको छ ।
कर्णाली प्रदेश आवतजावत बढाउनुपर्ने
प्रदेश राजधानी वीरेन्द्रनगर भएकोले आगामी दिनहरुमा अन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा वृद्धि गर्नु पर्ने मन्त्री बुढाले बताए । मन्त्री बुढाका अनुसार केही भित्र कर्णालीका जिल्लाहरुका लागि सहुलियत दरको उडानहरु हुने छन् ।
विमानस्थलको समस्या
सुर्खेत विमानस्थल वरिपरि नजिकै अग्ला डाँडाकाँडाका कारण ठूला जहाज अवतरणमा समस्या हुने गरेको छ । विमानस्थलको उत्तर–दक्षिण धावनमार्ग कारण विमानलाई उडान र अवतरणमा कठिनाइ हुने गरेको हो । नजिक डाँडाकाडाँका कारण ठुला जहाजहरु अवतरणमा समस्या भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सुर्खेत प्रमुख विनोद कुमार पन्तले बताएका छन । उनले भने विमान स्थलको धावनमार्ग बढाउन समेत सक्ने अवस्था नभएको उनले बताए । सुर्खेत विमान स्थलको धावनमार्गको लम्बाई १ हजार २ सय ५५ र चौडाई ३० मिटर छ । तर पर्याप्त धावनमार्ग नहुँदा ठुला विमान अवरतण गर्ने समस्या भएको उडड्यानका प्रमुख पन्तले बताए । धावनमार्ग लाई विस्तार गर्न तत्काल समस्या रहेको उनले बताए ।
हाल हुम्ला र डोल्पा उडान धेरै
सुर्खेत विमान स्थल नेपालगञ्ज विमान स्थलबाट हाल कर्णालीका हुम्ला र डोल्पा निजी एयरलाइन्स कम्पनीहरुले उडान भर्ने गरेका छन । विगतका वर्षहरुमा यात्रुहरुको भिडभाडँ हुने गरेका सुर्खेत विमान स्थलमा समयमै जहाज टिकट नपाउदा अधिकांश यात्रुहरु गाडीबाट यात्रा गर्ने थालेका हुन । , गोमा, मकालु, तारा, सीता एयरका निजि जहाजहरुले मात्र सुर्खेत विमानस्थलबाट कर्णालीका लागि उडान भर्दै आएका छन ।
जहाज भाडाँ महग्रो यात्रु मर्कोमा
सुर्खेत विमान स्थल र नेपालगञ्ज विमान स्थल हुम्ला र डोल्पा जाने यात्रुहरुका लागी जहाज भाडाँ महँग्रो भएपछि यात्रुहरु मर्कोमा पदै आएका छन् । निजी कम्पनीहरुले भाडाँ वृद्धि गरेसँगै अधिकाश यात्रुहरु गाडी रोज्ने गरेका छन् । नेपालगञ्जबाट ११ हजार ५ सय र सुर्खेतबाट हुम्लाको लागी १० हजार ५ सय जहाज भाडाँ भएपछि यात्रुहरु गाडी नै रोज्ने गरेका पाइन्छ । हुम्ला जिल्लामा जाने दैनिक उपभोग्य वस्तुहरुका हवाई ढुवानी प्रति केजी १सय १० रुपैयामा निजी कम्पनीका जहाजहरुले लिने गरेका छन् । जहाज भाडाँ महग्रो भएपछि व्यवसायीहरुले १ सय मा पाउने तोरीको तेलको २ सय ५० रुपैयामा हुम्ला तिर्ने बाध्य भएका छन ।




सम्बन्धित समाचार


error: Content is protected !!