नलगाड नदीको लाप्को बाट खसेर मृत्यू

                     हेमन्त के सी
जाजरकोट ,  यहाँको नलगाड हाईडा«ेपार कम्पनीको पहुँच मार्ग निर्माण भईरहेको सडकको बीचमा रहेको नलगाड नदीमा हालिएको लाप्को बाट खसेर एक जनाको मृत्यू भएको छ ।
जिल्लाको बारेकोट गाउँपालिका वडा ७ का ४० वर्षीय कालीवहादुर नेपालीको मंगलवार विहान मृत्यू भएको बारेकोट गाउँपालिका पशुपंक्षी शाखाका प्रमूख गोविन्द सिंहले जानकारी दिनुभयो । नलगाड नगरपालिका वडा ५ खाराको बीचमा रहेको नलगाड नदिमा काठकोे लाप्कोबाट नदी पार गदै गर्दा चिप्लिएर नेपालीको मृत्यू भएको सिंहको भनाई छ । काठमाण्डौँवाट कमाई गरि घर खर्च ल्याएर आएका नेपालीको मृत्यू भएको सिंहले बताउनुभयो ।

निर्माण व्यवसायीको लापरबाहीले समयमा पहुँच मार्ग निर्माण नहुँदा यहाँका हजारौ स्थानीयबासीले समस्य भोग्दै आएका छन् ।  करिव ३ किलोमिटर सडक नलगाड नदीको बीच बीचमा रहेको लाप्कोको भरमा पार ,पार गर्नुपर्ने हुन्छ ।

यो भन्दा अगाडी दुई महिनाको बीचमा लडेरै तीन जनाको मृत्यू भईसकेको छ । चार जना घाईते भईसकेका छन् । तोकिएको समयमा निर्माण व्यवसायीले काम नगर्दा दैनिक यहाँका स्थानीयहरु जोखिम मोल्न वाध्य भएको बीरेन्द्र एश्वर्य उच्च मावि लिम्सा बारेकोटका प्रचार्य गोरखवहादुर सिंहले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!