रेल चढेर चीन पुगे उत्तर कोरियाली शासक उन

           उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उन एक विशेष रेलमार्फत चीन पुगेका छन्। किम विशेष रेलमार्फत चीन पुगेको जापानी सञ्चारमाध्यमले दाबी गरेका छन्। ब्लुमबर्ग न्युजले नाम नखुलाइएका तीन स्रोतलाई उद्धृत गर्दै विशेष रेलमा बेइजिङ पुगेका उत्तर कोरियाका विशिष्ट अधिकारी नेता किम भएको दाबी गरेको छ। जापानको टोकियोमा रहेको निप्पोन न्युज नेटवर्कले सार्वजनिक गरेको भिडियो फुटेजमा रेलको हरियो डब्बामा पहेँलो लाइन रहेको देखाइएको छ। यो रेल पहिले किमका बुवा किम जोङ–लीले प्रयोग गर्ने रहेको दाबी गरिएको छ। किमका बुवा पनि चीन भ्रमणमा यसरी नै गएका थिए र उनी फर्किएपछि मात्रै यसबारे जानकारी दिइएको थियो। तर चीन तथा उत्तर कोरियाका सरकारी सञ्चार माध्यमले यो भ्रमणबारे केही बताएका छैनन्। तर भ्रमण महत्त्वपूर्ण कुटनीतिक सम्बन्धको विकासका लागि भएको विश्लेषण गरिएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!