परिक्षामा रकम असुलेको भन्दै वडा अध्यक्ष संग लिखित

जाजरकोट ः माध्यमिक शिक्षा परिक्षामा सहभागि विद्यार्थीबाट रकम असुलेको भन्दै उजुरी परेको छ । जिल्लाको छेडागाड नगरपालिका वडा नं १२ का वडा अध्यक्ष प्रेम खत्री समक्ष परिक्षामा नाममा उठाएको रकम फिर्ताको मा गदैँ लिखित उजुरी दत्र्ता गराएको हुँन् ।
छेडागाड नगरपालिकाका तीन वटा माविबाट माध्यमिक शिक्षा परिक्षामा सहभागि विद्यार्थीरुवाट रकम असुल गरि परिक्षा व्यवस्थापन भन्दै खर्च गरिएको भनि आफु समक्ष लिखित उजुरी परेको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । माध्यमिक शिक्षा परिक्षाको केन्द्र नारायणी मावि कार्कीगाउँवाट सहभागि हुँने जनकल्यान मावि सिरुगाड, वाल मावि झार्पा , राम मावि खाल टाकुराका अभिभावकले रकम फिर्ताको माग गदै उजुर हालेको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
विद्यार्थीहरुवाट बिभिन्न बहाना बनाउँदै शिक्षकले रकम असुलेको अभिभावक छेडागाड नगरपालिका वडा १२ का नरवहादुर थापाले गुनासो गर्नुभयो । त्यस्तै अर्का अभिभावक कर्ण खड्काले भन्नुभयो “ प्रहरी र शिक्षकलाई परिक्षामा सहयोग गर्नका लागि रकम चाहिने भन्दै जवरजस्ती रकम असुली गरिएको रहेछ , हाम्रो पैसा रक्सी र मासुमा खर्च हुँन कुनै हातलतमा हुँन नदिने योजना सहित वडा अध्यक्ष समक्ष उजुरी दत्र्ता गराएको छौँ ’ ।
प्रतिविद्यार्थी ५ सयका दरले रकम उठाएको खड्काले जानकारी दिनुभयो । केन्द्रध्यक्ष गणेस वस्नेत संग पटक,पटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुँन सकेन । जाजरकोटमा विद्यार्थीवाट रकम असुल गर्ने घटना भने पहिलो होईन् । यो भन्दा पहिले पटक ,पटक रकम असुल गरेको समाचार आईरहेको भएपनि यसलाई न्यूकरण गर्न जिल्ला शिक्षा कार्यालयले बिभिन्न छलफल चलाएपनि सफल हुँन सकेको छैन् ।




सम्बन्धित समाचार


error: Content is protected !!