साइप्रसमा रोगले थला परेकी नेपाली चेलीलाई आर्थिक सहयोग अभाव

दोलखा जिल्ला हांवा गाविस वडा-६ मा रहनुहुने श्री तेन्जी शेर्पा ज्युको सुश्री मिङ्माडोमा शेर्पा” शेर्पा किदुगका एक सदस्य; आम नेपाली झैं उनी पनि रोजगार सिलसिलामा साईप्रस आउनु भएको थिए। साईप्रस आएर करिब दुई वर्ष बित्दा हाल उनी बोव्न म्यारो रोगले थलिएको कारण साईप्रस राजधानी निकोसिया सहरका एक जेनरल अस्पतालमा भर्ती हुनु भएको करिब दुई महिना पुग्न लागि सक्यो। विगत डेढ महिना देखि अस्पतालमा जाच तलास भैरहदा डाक्टर बाट जानकारी पाए अनुसार उहाँको बोव्न म्यारो तत्कालै फेर्नु पर्ने भएकोछ र सोहि बोव्न म्यारो ट्रान्स्प्लान्ट यहाँ साईप्रसमा सम्भाव नहुने बताउनु भएकोछ। शेर्पा किदुग साईप्रसले अनुसन्धान गर्दा खेरी यो अबस्था धेरै गम्भीर रहेको कारण किदुगले नेपाली कन्सुलर र गैर आवासीय नेपाली संघ कहाँ अन्तरक्रिया गर्दा सबैको सल्लाह सुझाव अनुसार उनलाई तत्कालै पहिला नेपाल फर्काउने र जहाँ यो उपचारको सम्भाव छ त्यहाँ कत्ति पनि ढिलाइ नगरी उपचार सुरु गराउनु पर्ने भएको हुनाले उपचार क्रममा मोटो रकम लाग्ने भएकोछ। प्राप्त जानकारी अनुसार यो उपचार यदि युरोप देश भित्रै गर्नु परेमा युरो-एक लाख भन्दा बढी लाग्ने र यदि ईन्डियामा गर्नु परेमा IC-२५लाख देखि ५०लाख सम्म लाग्ने र अन्तमा नेपालमै उपचार गर्नुपरेमा रु-१०लाख भन्दा बढी लाग्ने भएको छ। मिङ्माडोमा शेर्पा को आर्थिक स्थिति कम्जोर भएको कारण उहाँ हाल साईप्रसका स्वस्थ्य बिमा र रोजगारदाताको निर्भरमा रहेकोछ भने अब जत्ति पनि हुने उपचार छ उनी आफैले बेहोर्नु पर्ने भएको कारण देश तथा बिदेशमा छरिएर रहनुहुने समग्र दाजुभाइ तथा दिदिबहिनी हरुमा सहयोगको हात जुटाई उन्लाई नंया जीवन दान गरौं भनी हार्दिक अनुरोध गर्दछौ।
२१४५औं ग्याल्पो ल्होसारको दौरान मिङ्माडोमा अस्पतालमा भर्ना भैसकेको थिए। 18/02/2018 को दिन शेर्पा किदुग साईप्रस द्वारा आयोजित बृहत सांगीतिक ग्याल्पो ल्होसार कार्यक्रममा आमन्त्रित गायक गोन्पो शेर्पा र सोनाम शेर्पा ज्युहरुले पनि उहाँहरुको अमुल्य समय निकाली मिङ्माडोमा शेर्पा लाई शिग्र स्वास्थ्य लाभको कामना व्यक्त गरि सहयोग को हात जुटाउनु भएको पनि जानकारि गर्दछौ।

तपाईको सानू सहयोगले कसैले नंया जिबन पाउछ भने यसमा आजै देखि हामी हातेमालो गरौं।
संबंधित कुनै जानकारी बुझ्न परेमा सम्पर्क गर्नु सक्नुहुनेछ।
शेर्पा किदुग साईप्रसका अध्यक्ष नुमु शेर्पा- +35799945273
गैर आवासीय नेपाली संघका अध्यक्ष सुबास मल्ल- +35796751378
नेपालमा रहनुहुने मिङ्माडोमाकि भाउजू कान्छी शेर्पा-+9779803231125





error: Content is protected !!