एक महिनापछि कर्णाली प्रदेश सभाको बैठक बस्ने, यस्तो छ कार्यसूची

सुर्खेत , कर्णाली प्रदेशको प्रदेश सभाको बैठक आह्वान गरिएको छ। यही चैत्र १६ गते शुक्रबार दिउसो १ बजेका लागि बैठक आह्वान गरिएको कर्णाली प्रदेश सभा सचिवालयका सचिव राकेश पौडेलले जानकारी दिए।

बैठकका लागि करिब एक साताको समय बाँकी रहेकाले सुर्खेत बाहिर रहेका सबै सांसदहरुलाई बैठकका बारेमा जानकारी गराई सकेको प्रदेश संसद सचिवालयले जनाएको छ। यस अघि संसदले बिजनेस नपाएको भन्ने गुनासो आएको थियो। प्रदेश सरकारले आर्थिक कार्यविधि विधेयक संसद सचिवालयमा दर्ता गरीसकेको छ। अन्य विधेयकहरु संसद सचिवालयमा दर्ता गर्ने तयारीमा सरकार रहेको छ। यसअघि नै प्रदेश सरकारले सबै मन्त्रालयहरुलाई आवश्यक कार्ययोजना र विधेयकको तयारी गर्न निर्देशन दिई सकेको छ। बैठकमा गत फागुन २३ गते सभामुख राजबहादुर शाहीलाई बुझाएको कर्णाली प्रदेश सभा नियमावली २०७४ समेत संसदमा पेश हुनेछ। सांसद सीता नेपालीको संयोजकत्वमा गठित समितिले मस्यौदा प्रतिवेदन तयार गरेको थियो।

बैठकमा कर्णाली प्रदेश सभा नियमावली २०७४ र आर्थिक कार्यविधि २०७४ पेश हुनेछन्। १५ गते बस्ने संसद सचिवायलको बैठकले संसद बैठकमा पेश हुने कार्यसू्ची तयार गर्ने संसद सचिवालयले जनाएको छ। गत फागुन १५ गते देखी संसद बैठक स्थगीत भएको थियो।




सम्बन्धित समाचार


error: Content is protected !!