स्वर र सार नमिलेका गित र क्रान्तिका गफ-काली बहादुर मल्ल

सवभन्दा पहिले उदाहरण काे लागि क्षमा माग्दै उदाहरण
दिन चाहान्छु ,हिजाे-अाज नेपाली गित काे बजारमा ब्यापकता पाएकाे गित”कुटुमा कुटु”छ।गितबाेल कुटुमा कुटु मा “कुटुमा कुटु,अाेठै कालाे अनि मेरै पालाे”गित काे थालनि सुपारि र अन्त्य अाफ्नाे बिहे मा हुन्छ।गित काे लय निकै कर्ण प्रिय छ र स्वर निकै अाकर्षक छ तर लय र सारमा अन्तर छ।”
प्रसंग नेपाली राजनिति काे हाे।खास गरि माअाेवादी-ए मा ले एकता प्रकृया थालनि पछि एकथरि साथिहरु एकताकाे बिराेध गरिरहेकाछन।उनिहरु भन्छन”माअाेवादी ए मा ले मा विलय,प्रचण्ड ले गद्दरि गर्याे,प्रचण्ड सिद्धदियाे ,अब क्रान्तिका लागि वस्तुगत अवस्था तैयार भयाे ,फलना अाउ देश बचाउ”अादि अादि!
अरुले नबुझे पनि हामी माअाेवादी ले प्रष्ट बुझेकाे केहाे भने जनयुद्ध ले पैदा गरेकाे बस्तुगत अबस्था लाई अात्मगत अवस्था ले मात्र पकड्न सक्ने स्थिति भएकाे भए अर्कै बाटाे अर्कै ठाउँ पुगिन्थ्याे।यश बारे चुनवाङ बैठकमा उपस्थित सबै साथिहरु “हामी प्रष्ट भयाैं,सिंग निकालेर अाएका थियाैं,प्रचण्ड २१अाैं शताब्दी लेनिन,चुनवाङ दस्तावेज याे शदाव्दिकाे कम्युनिस्ट घाेषणा-पत्र काे प्रस्तावना !”अादि अादि सबै ले भनेकै हाैं।क वैद्य लगाएत केही साथिहरु भारतकाे जेलमा हुनुहुन्थ्यो र “जसरि भए पनि पार्टि ले जेल मुक्त गराेस”भनी पठाएका खवर सुन्नु पर्थ्याे।
एकातिर युद्ध पेचिलाे बन्दै गएकाे र भाैतिक शक्ति नियमित ब्यय,अायमा कम्जाेर बन्दै गएकाे अात्मगत अवस्था र अर्काे तिर
तात्कालिन राजा बिरेन्द परिवारकाे हत्या पछि पैदाए स्थिति र संसदिय पार्टिहरुले सहारा खाेजिरहेकाे अनुकुल बस्तुगत अवस्था काे सहि ढंगले संश्लेषण गरेर प्रचण्डले “नदिमा अाएकाे भल छाेपेर”यहाँ पुर्याएकाे कतै छिपेकाे छैन बरु अप्ठ्यारो नमानि भन्ने हाे भने प्रचण्डले याे बुद्धि न निकालेकाे भए अाज माअाेवादीहरु तीन ठाउमा( जेलमा,प्रबासमा र शहिद)हुने थियाैं।प्रचण्ड मार्क्सवादी र द्वन्द्वात्मक भाैतिकवादका सहि प्रयाेग कर्ता हुनाले अाज गणतन्त्र छ,स्थानिय सत्ता जनताले चुनेका प्रतिनिधि काे हातमा छ।धर्म अधीनस्त,एक परिवार अधीनस्त एक जातिय शासन काे अन्त भएकाे छ।अाज सबै वर्ग,जाति,क्षेत्र र लिंग काे उपस्थिति राज्यका सबै तहमा छ यद्यपि पहुच नपुगेका ठाउँ अझैछन।जे हाेस महान शहिदकाे रगत बाट अार्जित यी उपलव्धि हुन।
जहाँसम्म अगाडि गन्तव्य काे कुरा छ ,त्याे पनि नयाँ संविधान मा ब्यबस्था छ कि २/३ले संविधान संशोधन र समाजवाद उन्मुख।त्यसकाे लागि समाजवाद काे लक्ष्य बाेकेका पार्टिहरु एक ठाउँ हुनु जरुरि छ।राष्ट्रियता काे रक्षा,राजनितिक स्थायित्व र समृद्ध नेपालकाे निर्माण सहित समाजवादमा जाने भन्ने लक्ष्य मिल्नेहरु अलग रहनु हुदैन भन्ने बुझाईमा समानताले माअाेवादी-ए माले एकताकाे चेतना पैदा गर्याे।यतिमात्र नभएर छित्रिएर यत्र तत्र रहेकाे सबै कम्युनिस्टहरू एकठाउमा अाउनु ऐतिहासिक अावश्यक्ता हाे।याे बेला अा अाफ्नाे मादल बजाएर नाच्नेहरु लाई भावि पुस्ताले धिक्कार दिनेछ।
तर यहि बेला केही साथिहरु दन्त्य कथामा “महादेव
काे स्याल”झै भित्र एउटा बाहिर अर्कै रुप देखाएर मुख्य नेतृत्व लाई तथानाम गालि गरेर रिस फेर्दैछन्।र भन्दैछन(माअावादी विलय भाे,प्रचण्ड ले पार्टि सिध्यायाे,सहिद र क्रान्ति मा गद्दारि गर्याे ,सम्पत्ति थुपार्याे मात्रै भनेनन् कृश्चियन भाे)भनेर।यसाे त प्रचण्ड ले क्रान्ति गर्दैन भनेर बिद्राेह भाेलि नै सम्भव छ भनेर पार्टि फुटाउने वैद्य जि हरु अस्ति अाएर चुनाव लड्दा १३०००मत पाउनु पाउनु भाे भने अाफैले नेतृत्व गरेका साथिअरु बाट “मरेकाे बाख्रा लाई उपियाले छाेडे झैं”छाेडिनु भाे।केही साथिहरु वैद्य र विप्लव काे चालढाल देखेर फेरि एकता मा अाउनु भाे।अर्का नेता भट्टराई ले “प्रचण्ड पुरानाे भाे म नयाँ बन्छु”भनेर कस्काे उक्साहटमा लागेर नयाँ त बन्न सक्नु भएन भएन पुरानै पनि गुमाउनु भयाे।बरु नयाँ काे भ्रममा परेका र क्रान्ति गर्नेकाे भ्रममा परेका साथिहरु किस्ता किस्तामा माअावादीमा फर्किरहनु भएकाे छ।यी फर्किने साथिहरुकाे अालाेचना मा भ्रप पार्ने नेताहरुकाे के जवाफ छ?किरण र बाबराम काे प्रसंक एक जना विद्वान भन्नू हुन्थ्याे”नयाँ शक्ति भनेकाे भाेका कुकुर बिचमा फालेकाे ढुंगा रहेछ सुंघ साङ्घ गर्याे भाग्याे!”भन्दै पुरानै पार्टिमा फर्किनुभाे।
यहि एकताकाे माैकामा अाफ्नाे अविश्वास सहित पार्टिमा फर्किएका साथिकाे क्षतिपुर्ति गर्न ढडिया थापि बसेका साथिहरु नयाँ नया लयमा नमिलेका गित गाउदै भन्छन”प्रचण्डले कम्युनिस्ट काे धर्म कृश्चियन हाे भने!”रे !याे पत्याउने कुरा हाे?अझ झन त २बर्ष देखि राजनितिक मति सक्किएर वास्मति काे खेती गर्न गएकाहरु पनि ठुलै डाकाे लगाएर अाफू अब्बल क्रान्तिकारी ,ईमानदार र त्यागी भएकाे तर प्रचण्डले विश्वास घात र गद्दारि गरेकाे पनि भन्न पछि पर्दैनन्।जातिवाद वाट माथि कहिल्यै माथि नउठ्ने र एउटा पनि पार्टि सदस्य थप्न नसक्ने विद्वान पनि यति बेला पार्टि र प्रचण्डलाई सत्ताे सराप गर्दैछन।चुनावमा नेपाली कंग्रेस लाई सहयाेग गरि दलाल सत्ताकाे बिराेध गरेकाे पनि देख्न पर्ने कस्ताे विडम्बना ।
याे पंक्तिकारकाे बुझाईमा सुरुमा स्व गिरिजा प्रसाद काेईराला लाई राष्ट्रपति स्विकार गरेकाे भए,सेनाका जर्नेलहरु म्याद थप्न मानेकाे भए,कटुवाल लाई स्पष्टीकरण सहित कामा लगाउन मानेकाे भए र पार्टि नफुटाएकाे संविधान याे भन्दा अाउथ्याे,सहिद र सहिद परिवार लाई भिन्न ढंगले संवाेधन हुन्थ्याे।सेना समायाेजन,राहत र फर्काईए साथिहरु सम्मान सहित चित्त बुझाई फर्किने थिए।यि सबै सम्भव विषय लाई असंभव बनाउने साथिहरु अाज काेहि पनि माअावादी मा हुनुहुन्न।अाज ए मा ले संग एबता गर्न थालेकाे बिराेध गर्दै अपमान संझिने साथिहरु नफुटेका भए सायद हाम्रै ढंगकाे एकता हुन्थ्याे।
अझै पनि पहिलो अावश्क्ता माअाेवादी एकता कै हाे।क प्रचण्ड ,क वैद्य,बाबुराम,विप्लव एकै ठाउँ उभिए निरास भएर पलाएन भएका कार्यकर्ता र जनता पुरानै जाेस सहित उठ्नेछन र अान्दाेलन हिजकै ठाउमा पुग्न सक्छ।हिजाे संगै लडेका ,हिडेका साथिहरु कुटपिट र एक अर्कामा अालाेचनाले बिखण्डित भएकाे हाे।याे शक्ति फेि जुटाउन समय लाग्छ तर संभव छ।
अन्तमा प्रचण्ड र पार्टि लाई कम्जाेर बनाउन बल नगराैं यसले सबैलाई सिध्याउछ केवल पालाे कसकाे पहिले भन्ने मात्र हाे।गित काे लय मिठाे र स्वर जति सुकै राम्राे हाेस हेर्ने त सार हाे जसले मानिस लाई डाेह्रयाउछ।अत:माअाेवादी एकता अावश्यक ठान्नेहरु एक हुँदै जाउँ कार्यकर्ता साथ दिन फेरिपनि तयारछन गालि गर्दै फुटे पनि तालि पिट्दै जुटाैं भन्दा “छाेटि मुह बढि बात!”त हुदैन?

-काली बहादुर मल्ल





error: Content is protected !!