स्वर र सार नमिलेका गित र क्रान्तिका गफ

कालीवहादुर मल्ल
दिन चाहान्छु ,हिजो ,आज नेपाली गित को बजारमा ब्यापकता पाएको गितूकुटुमा कुटुूछ।गितबोल कुटुमा कुटु मा ूकुटुमा कुटु,ओठै कालो अनि मेरै पालोूगित को था
लनि सुपारि र अन्त्य आफ्नो बिहे मा हुन्छ।गित को लय निकै कर्ण प्रिय छ र स्वर निकै आकर्षक छ तर लय र सारमा अन्तर छ।
प्रसंग नेपाली राजनिति को हो।खास गरि माओवादी(ए मा ले एकता प्रकृया थालनि पछि एकथरि साथिहरु एकताको बिरोध गरिरहेकाछन।उनिहरु भन्छनूमाओवादी ए मा ले मा विलय,प्रचण्ड ले गद्दरि गर्यो,प्रचण्ड सिद्धदियो ,अब क्रान्तिका लागि वस्तुगत अवस्था तैयार भयो ,फलना आउ देश बचाउूआदि आदि१
अरुले नबुझे पनि हामी माओवादी ले प्रष्ट बुझेको केहो भने जनयुद्ध ले पैदा गरेको बस्तुगत अबस्था लाई आत्मगत अवस्था ले मात्र पकड्न सक्ने स्थिति भएको भए अर्कै बाटो अर्कै ठाउँ पुगिन्थ्यो।यश बारे चुनवाङ बैठकमा उपस्थित सबै साथिहरु ूहामी प्रष्ट भयौं,सिंग निकालेर आएका थियौं,प्रचण्ड २१औं शताब्दी लेनिन,चुनवाङ दस्तावेज यो शदाव्दिको कम्युनिस्ट घोषणा पत्र को प्रस्तावना १ूआदि आदि सबै ले भनेकै हौं।क वैद्य लगाएत केही साथिहरु भारतको जेलमा हुनुहुन्थ्यो र जसरि भए पनि पार्टि ले जेल मुक्त गरोसूभनी पठाएका खवर सुन्नु पर्थ्यो।
एकातिर युद्ध पेचिलो बन्दै गएको र भौतिक शक्ति नियमित ब्यय,आयमा कम्जोर बन्दै गएको आत्मगत अवस्था र अर्को तिर
तात्कालिन राजा बिरेन्द परिवारको हत्या पछि पैदाए स्थिति र संसदिय पार्टिहरुले सहारा खोजिरहेको अनुकुल बस्तुगत अवस्था को सहि ढंगले संश्लेषण गरेर प्रचण्डले ूनदिमा आएको भल छोपेरूयहाँ पुर्याएको कतै छिपेको छैन बरु अप्ठ्यारो नमानि भन्ने हो भने प्रचण्डले यो बुद्धि न निकालेको भए आज माओवादीहरु तीन ठाउमा जेलमा,प्रबासमा र शहिद०हुने थियौं।प्रचण्ड मार्क्सवादी र द्वन्द्वात्मक भौतिकवादका सहि प्रयोग कर्ता हुनाले आज गणतन्त्र छ,स्थानिय सत्ता जनताले चुनेका प्रतिनिधि को हातमा छ।धर्म अधीनस्त,एक परिवार अधीनस्त एक जातिय शासन को अन्त भएको छ।आज सबै वर्ग,जाति,क्षेत्र र लिंग को उपस्थिति राज्यका सबै तहमा छ यद्यपि पहुच नपुगेका ठाउँ अझैछन।जे होस महान शहिदको रगत बाट आर्जित यी उपलव्धि हुन।
जहाँसम्म अगाडि गन्तव्य को कुरा छ ,त्यो पनि नयाँ संविधान मा ब्यबस्था छ कि २र३ले संविधान संशोधन र समाजवाद उन्मुख।त्यसको लागि समाजवाद को लक्ष्य बोकेका पार्टिहरु एक ठाउँ हुनु जरुरि छ।राष्ट्रियता को रक्षा,राजनितिक स्थायित्व र समृद्ध नेपालको निर्माण सहित समाजवादमा जाने भन्ने लक्ष्य मिल्नेहरु अलग रहनु हुदैन भन्ने बुझाईमा समानताले माओवादी(ए माले एकताको चेतना पैदा गर्यो।यतिमात्र नभएर छित्रिएर यत्र तत्र रहेको सबै कम्युनिस्टहरू एकठाउमा आउनु ऐतिहासिक आवश्यक्ता हो।यो बेला आ आफ्नो मादल बजाएर नाच्नेहरु लाई भावि पुस्ताले धिक्कार दिनेछ।
तर यहि बेला केही साथिहरु दन्त्य कथामा ूमहादेव
को स्यालूझै भित्र एउटा बाहिर अर्कै रुप देखाएर मुख्य नेतृत्व लाई तथानाम गालि गरेर रिस फेर्दैछन्।र भन्दैछन९माआवादी विलय भो,प्रचण्ड ले पार्टि सिध्यायो,सहिद र क्रान्ति मा गद्दारि गर्यो ,सम्पत्ति थुपार्यो मात्रै भनेनन् कृश्चियन भो०भनेर।यसो त प्रचण्ड ले क्रान्ति गर्दैन भनेर बिद्रोह भोलि नै सम्भव छ भनेर पार्टि फुटाउने वैद्य जि हरु अस्ति आएर चुनाव लड्दा १३०००मत पाउनु पाउनु भो भने आफैले नेतृत्व गरेका साथिअरु बाट ूमरेको बाख्रा लाई उपियाले छोडे झैंूछोडिनु भो।केही साथिहरु वैद्य र विप्लव को चालढाल देखेर फेरि एकता मा आउनु भो।अर्का नेता भट्टराई ले ूप्रचण्ड पुरानो भो म नयाँ बन्छुूभनेर कस्को उक्साहटमा लागेर नयाँ त बन्न सक्नु भएन भएन पुरानै पनि गुमाउनु भयो।बरु नयाँ को भ्रममा परेका र क्रान्ति गर्नेको भ्रममा परेका साथिहरु किस्ता किस्तामा माआवादीमा फर्किरहनु भएको छ।यी फर्किने साथिहरुको आलोचना मा भ्रप पार्ने नेताहरुको के जवाफ छरुकिरण र बाबराम को प्रसंक एक जना विद्वान भन्नू हुन्थ्योूनयाँ शक्ति भनेको भोका कुकुर बिचमा फालेको ढुंगा रहेछ सुंघ साङ्घ गर्यो भाग्यो । भन्दै पुरानै पार्टिमा फर्किनुभो।
यहि एकताको मौकामा आफ्नो अविश्वास सहित पार्टिमा फर्किएका साथिको क्षतिपुर्ति गर्न ढडिया थापि बसेका साथिहरु नयाँ नया लयमा नमिलेका गित गाउदै भन्छनूप्रचण्डले कम्युनिस्ट को धर्म कृश्चियन हो भने१ूरे १यो पत्याउने कुरा होरुअझ झन त २बर्ष देखि राजनितिक मति सक्किएर वास्मति को खेती गर्न गएकाहरु पनि ठुलै डाको लगाएर आफू अब्बल क्रान्तिकारी ,ईमानदार र त्यागी भएको तर प्रचण्डले विश्वास घात र गद्दारि गरेको पनि भन्न पछि पर्दैनन्।जातिवाद वाट माथि कहिल्यै माथि नउठ्ने र एउटा पनि पार्टि सदस्य थप्न नसक्ने विद्वान पनि यति बेला पार्टि र प्रचण्डलाई सत्तो सराप गर्दैछन।चुनावमा नेपाली कंग्रेस लाई सहयोग गरि दलाल सत्ताको बिरोध गरेको पनि देख्न पर्ने कस्तो विडम्बना ।
यो पंक्तिकारको बुझाईमा सुरुमा स्व गिरिजा प्रसाद कोईराला लाई राष्ट्रपति स्विकार गरेको भए,सेनाका जर्नेलहरु म्याद थप्न मानेको भए,कटुवाल लाई स्पष्टीकरण सहित कामा लगाउन मानेको भए र पार्टि नफुटाएको संविधान यो भन्दा आउथ्यो,सहिद र सहिद परिवार लाई भिन्न ढंगले संवोधन हुन्थ्यो।सेना समायोजन,राहत र फर्काईए साथिहरु सम्मान सहित चित्त बुझाई फर्किने थिए।यि सबै सम्भव विषय लाई असंभव बनाउने साथिहरु आज कोहि पनि माआवादी मा हुनुहुन्न।आज ए मा ले संग एबता गर्न थालेको बिरोध गर्दै अपमान संझिने साथिहरु नफुटेका भए सायद हाम्रै ढंगको एकता हुन्थ्यो।
अझै पनि पहिलो आवश्क्ता माओवादी एकता कै हो।क प्रचण्ड ,क वैद्य,बाबुराम,विप्लव एकै ठाउँ उभिए निरास भएर पलाएन भएका कार्यकर्ता र जनता पुरानै जोस सहित उठ्नेछन र आन्दोलन हिजकै ठाउमा पुग्न सक्छ।हिजो संगै लडेका ,हिडेका साथिहरु कुटपिट र एक अर्कामा आलोचनाले बिखण्डित भएको हो।यो शक्ति फेि जुटाउन समय लाग्छ तर संभव छ।
अन्तमा प्रचण्ड र पार्टि लाई कम्जोर बनाउन बल नगरौं यसले सबैलाई सिध्याउछ केवल पालो कसको पहिले भन्ने मात्र हो।गित को लय मिठो र स्वर जति सुकै राम्रो होस हेर्ने त सार हो जसले मानिस लाई डोह्रयाउछ।अतस्माओवादी एकता आवश्यक ठान्नेहरु एक हुँदै जाउँ कार्यकर्ता साथ दिन फेरिपनि तयारछन गालि गर्दै फुटे पनि तालि पिट्दै जुटौं भन्दा छोटि मुह बढि बातत हुदैन










