५० शैयाको जाजरकोट अस्पताल एक डाक्टरको भरमा

जाजरकोट ः जाजरकोट अस्पताल बिगत एक महिना देखि एक डाक्टरको भरमा चल्दै आएको छ । विशेषज्ञ सेवा प्रवाह गर्ने उदेश्यले ५० शैयामा रुपान्तरण गरि सेवा बिस्तार गरिएको जाजरकोट अस्पताल एक जना डाक्टरको भरमा चल्दा सेबा प्रवाहमा समस्य भएको छ ।
अप्रेशन सेवा , विशेषज्ञ सेवा लगाएतका दर्जन वढी सेबा प्रबाह गर्ने भनिएपनि अहिले जिल्ला बासीले सामान्य सेवा नपाउँदा दैनिक पिडा थपिएको जुनिचाँदे गाउँपालिका ४ का रेशमवहादुर खड्काले वताए । अन्य ४ जना डाक्टरहरु बिदामा बसेका कारण दैनिक उपचारमा समस्य भएको छ । विशेषज्ञ , डाक्टर गरि ५९ जनाको दरवन्दी भएको जाजरकोट अस्पतालमा भएपनि दरवन्दी भएपनि डाक्टर नहुँदा जिल्लाबासीले हैरानी भोग्नु परेको छ । स्वास्थ्य मन्त्रालयले जाजरकोट अस्पताललाई ५० शैयामा विस्तार गरेपनि १५ शैयाको कार्यक्रम पठाउँदा काम गर्न समस्य भएको अस्पतालको भनाई छ । जाजरकोट अस्पतालमा बिशेषज्ञ डाक्टर ११को दरबन्दी खाली रहेको छ । त्यस्तै ४ जना डाक्टरको दरबन्दी भएपनि अहिले १ जना मात्र कार्यरत रहेका छन् भने अन्य खाली रहेको छ । ल्याप , एच ए को दरबन्दी पनि खाली रहेको छ । सदरमुकामकै जाजरकोट अस्पतालको हालत यो अवस्थामा छ भने गाउँमा रहेका स्वास्थ्य संस्थाको हबिगत कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा बारेकोट २ जना डाक्टरको दरवन्दी भएपनि अहिले केन्द्र अस्पताल बिहिन भएको छ ।

त्यस्तै गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा पनि त्यस्तै समस्य रहेको छ । जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा जिल्लाको स्वास्थ्यमा ठुलो समस्य निम्तिएको छ । आवश्यक उपकरणको अभाबमा जिल्लाका सवै स्वास्थ्य संस्थामा समस्य भएको छ । जाजरकोट सदरमुकाममा अस्पतालको प्रसुति गृह लगाएका भवनहरु समयमा निर्माण नहुँदा सेवाग्रहीले सास्ती पुर्वक सेवा लिन बाध्य भएका छन् । अस्पतालमा डाक्टर नहुँदा यहाँका स्थानीयवासीहरु देशका अन्य ठाउँमा गएर उपचार गर्न बाध्य छन् ।










