पूर्वमन्त्री देवी खड्का अचानक बेहोस, नर्भिक अस्पताल भर्ना

माओवादी केन्द्रकी नेतृ पूर्वराज्यमन्त्री देवी खड्का अचानक बेहोस भएपछि अस्पताल भर्ना भएकी छिन् ।
पूर्वभौतिक योजनाराज्यमन्त्री खड्का घरमै रहेका वेला साँझ ५ बजे अचानक बेहोस भएपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको सांसद विशाल खड्काले बताए ।
माओवादीको दोलखा जिल्ला इन्चार्जसमेत रहेकी खड्काको नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको चिकित्सकले बताएका छन् ।
पहिलो संविधानसभा निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित खड्कामा लामो समयदेखि टाउकोसम्बन्धी समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ ।
अचानक बेहोस भएपछि टोउकोमा रगतको दाग जस्तो धब्बा देखिएको सांसद् खड्काले बताए ।










