ग्रामीण क्षेत्रमा पाठ्यघर खस्ने महिलाको समस्य डरलाग्दो

काली थापा
जाजरकोट ः बारेकोट गाउँपालिका वडा ३ का रुपमाया घर्ती लामो समय देखि पाठ्यघरको समस्य भएपनि पिडाका साथ वाँचिरहनुभएको छ । दैनिक समस्य झेल्दै पनि पिडाका विच काम गरिरहनु भएका घर्ती आर्थिक अभाव र लाजका कारण आफ्नो पिडा लुकाएर वसेको वताउनुहुन्छ ।
सुत्केरी हुँदा गोठमा भएको र छोटो समयमा नै दैनिक काममा लागेका कारण आफुलाई यो समस्य आएको घर्तीको भनाई छ । ३ छोराछोरीका आमा उहाँले आफु जस्तै गाउँमा धेरै महिला विरामी भएपनि पिडा लुकाएर वस्न वाध्य भएको वताउनुभयो । त्यस्तै बारेकोट गाउपलिका ८ का कालिका विक का पिडा पनि त्यस्तै छन् । उहाँ भन्नुहुन्छ “हाम्रा समस्य कसैले सुन्ने होईन्न , पिडा मात्र सुनाएर के काम ’ । यी सवै भनाई सुनाईरहेका थिए बारेकोट गाउपालिका स्वास्थ्य शाखाले गरेको स्वास्थ्य शिरिमा उपस्थित महिलाहरुले । यहाँका गाउँ गाउँमा पाठ्यघर खस्ने समस्यवाट धेरै महिला पिडित भएपनि लाज मान्ने र अर्थ अभावका कारण रोग पालेर वस्न वाध्य भएको सवैको साझा पिडा थियो । जिल्लाका बारेकोट गाउँपालिकाले पाठ्यघर खसेका महिलाहरुका लागि १ दिने स्वास्थ्य शिविरमा ९२ जना विरामी महिलाहरु आएको शाखा प्रमुख वीरराज सिंहले वताउनुभयो । सवैको जाँच गरिएको र कडा खालको समस्य र कम समस्यमुलक खालको विरामीको पहिचान गरि उपचार गर्न लागिएको उहाँले वताउनुभयो ।
जिल्लाको बारेकोट गाउँपालिका सवै भन्दा दुर्गम गाउँपालिका पर्दछ । सुत्केरी हुँदा स्वास्थ्यका लागि दिनुपर्ने ध्यान स्वंयक महिला तथा परिवारवाट पाउँनुपर्ने सहयोग नपाएको उपचारमा संलग्न पिडित महिलाले वताएका छन् । पर्यप्त जनचेतनाको अभावका यहाँका महिलाहरु पाठ्यघर खस्ने समस्य वढी भएको पाईएको सिंहको भनाई छ । वर्षेनी यस्ता खालका स्वास्थ्य शिविर गर्न सके यहाँका महिलाहरुको उपचारमा सहज हुँने स्थानीयवासीको भनाइ छ ।





error: Content is protected !!