सहिद सप्ताहकाे अवसरमा नगर प्रमुख कप

डिल्लीबहादुर खत्री / पश्चिम रुकुम
पश्चिम रुकुम चाैरजहारी नगरपालिकामा भाेलिदेखि प्रथम नगर प्रमुख कप सञ्चालन हुने भएको छ । नगरपालिकाकाे अायाेजनामा नगर भित्रका खेलाडीलाई टेवा पुग्ने बिश्वासका साथ नगर प्रमुख कप सञ्चालन गर्न लागिएको हाे । नेकपा माअाेवादीले मनाउँदै अाएकाे सहिद सप्ताहकाे अवसर पारेर नगर प्रमुख कप सञ्चालन गर्न लागिएको नगर प्रमुख बिशाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यश कार्यक्रमले जनयुद्धका शहिदहरुमा पनि सम्मान पुग्नेछ । नगर प्रमुख कपमा पुरुष , महिला भलिबल , फुटबल , ब्याडमिन्टन र बुद्धिचाल खेल सञ्चालन गरिनेछ । पुरुष भलिबलमा बिजेतालाई ५० हजार नगद , ट्रफि र मेडल पाउनेछन् भने उपबिजेताले ३० हजार नगद सहित ट्रफि , मेडल पाउनेछन् र सान्त्वना हुने दुई टिमले १० / १० हजार पाउनेछन् । त्यस्तै महिला भलिबलमा पनि बिजेताले ट्रफि , मेडल ३० हजार , उपबिजेताले ट्रफि ,मेडल ,२० हजार नगद र सान्त्वना हुने दुई टिमले १० /१० हजार पाउनेछन् । त्यस्तै फुटबलमा बिजेताले ट्रफी , मेडल सहित ५० हजार , उपबिजेताले ट्रफी , मेडल ३० हजार र सान्त्वना हुने दुई टिमले १०/१० हजार पाउनेछन् । खेल सञ्चालनको लागि अाजसम्म सम्पुर्ण तयारी भइसकेको नगरपालिकाले जनाएको छ । भाेलि दिउँसो २ बजे नगर प्रमुख कपकाे उद्घाटन हुनेछ ।










