गाउँपालिकाका अध्यक्ष माथि आक्रमण गर्ने खड्का पक्राउ

जाजरकोट  (रासस) ः यहाँको जुनिचाँदे गाउँपालिका जाजरकोटका अध्यक्ष कृष्णवहादुर खत्री माथि शनिवार विहान आक्रमण गर्ने वीरवहादुर खड्का पक्राउ परेका छन् ।
प्रहरीले खड्कालाई जुनीचाँदे गाउँपालिका वडा ४ वाट पक्राउ गरेको हो । शनिवार विहान ३ वजे वीर वहादुर अध्यक्ष केसी को घरमा आएर मधिरा सेवन गरि गालि गदैँ हातपात गरेका थिए । अध्यक्ष माथि हातपात गरेको जानकारी प्रहरीले पाँउन वितिकै खोजतलास गर्दा दिउँसो वीरवहादुर लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वीरवहादुरले पटक ,पटक अध्यक्ष कृष्ण माथि ज्यान मार्ने धम्की दिदै आएको प्रहरीले बताएको छ । अध्यक्ष कृष्णले आफु असुरक्षित भएको बताएका छन् ।





error: Content is protected !!