काभ्रेमा गुडिरहेको गाडीमा लाग्यो आगो !यात्रुहरुलाई ज्यान जोगाउन हम्य हम्य

काभ्रे । काभ्रेको धुलिखेलमा गुडिरहेको गाडीमा आगो लागेको छ । बनेपाबाट भकुण्डेबेंसीतर्फ जाँदै गरेको हिमाल तराई यातायातको बा ३ ख ३२७० नम्बरको बसमा एक्कासी आगो लागेको हो ।

बीपी राजमार्गमा गुडिरहेको बसमा आगो लागेपछि यात्रुहरु सबै भागेर बाहिर निस्किएका छन् ।

काभ्रेका प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले यात्रुहरु सबै भागेर बाहिर निस्किएकाले कसैलाई केही नभएको बताए । बसमा आगो केहीबेरमा नै निभाए पनि गुडाउन नमिल्ने भएको प्रहरीले जनाएको छ ।





error: Content is protected !!