रोल्पा: आर्थिक अभावमा उपचार नै नगरी पर्काए आगोमा जलेका ४ बर्षीय बालक

मनिषा राई/माघ २५, रोल्पा । पुर्वी रोल्पाको सुवर्णवति गाउँपालिका पञ्किोट घोडागाउँमा आगोले पोलेको बालकलाई आर्थिक अभावका कारण उपचार नगराई फर्काइएको छ ।
अनुहार र शरीरमा आगोले पोलेको घाउँ निको नहुँदै बुवा नरेन्द्र पुनमगर र आमा पूर्णिमा पुनमगरको ४ वर्षिय छोरा आयुश पुनमगरले आर्थिक अभावका कारण उपचार पाउन सकेन ।
माघ १३ गते भएको आग्लागीमा परि आयुशको अनुहार र शरिर जलेको थियो । उनको उपचारको लागि पहिला लुम्वीनी अञ्चल अस्पताल बुटवल लगियो । त्यसमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज भैरहवामा, फेरी डाक्टरको सल्लाहले मेसिन अस्पताल तानसेन पाल्पामा लगेको आयुशकी हजुर आमा पूर्णिमा पुनमगरले बताउनुभयो ।
उपचारको लागि कतै बाट पनि सहयोग नभएको आफू गरिव भएकोले आर्थिक श्रोत नभएकाले फर्काएर लिनु परेको पुनमगरले बताउनुभयो ।










