दलित र अपाँग सदस्य बिजयी

सुर्खेत , २४ माघ ः प्रदेश नं. ६ को सुर्खेतमा राष्ट्रिय सभाको लागि सतप्रतिशत मतदान भएको छ । कुल १ सय ९८ जना मतदाता मध्ये २ बजेसम्म १ सय ९४ जनाले मतदान गरिसकेका थिए बाँकी रहेका ४ जनाले पनि २ः ३० बजेसम्म मतदानमा भाग लिएका थिए । अहिले मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत मेदिनी प्रसाद पौड्यालले जानकारी दिएका छन् ।
कुल १९८ जना मध्ये प्रदेश सभा सदस्यहरु ४० र स्थानीय तहका प्रमुख उपप्रमुख गरि १५० जनाको मतदानमा सहभागिता रहेको थियो । ५४ गाउँपालिका २५ नगरपालिकाका प्रमुख उपप्रमुखको उपस्थिती रहेको थियो । स्थानीय तहमा ८५ जना पुरुष र ७३ जना महिलाहरुको सहभागिता रहेको थियो भने प्रदेशतर्फ १३ महिला र २७ जना पुरुषहरुको सहभागिता रहेको थियो ।
निर्वाचनबाट चुनिनुपर्ने ८ जना सदस्य मध्ये १२ जनाले उम्मदेवारी दर्ता गराएका थिए ।
मतगणनाको पछिल्लो जानकारी अनुसार दलित उम्मेदवार नरपती लुहार कालिकोट र अपाँङ्गबाट जीवन बुढा कालिकोट बिजयी भएका छन् ।










