महिला जेसिजको फरक अभियान रोटि ‘डे’

सुर्खेत, माघ २४ ।  सुर्खेत महिला जेसिज वर्ष २०१८ले सुर्खेत मै पहिलो पटक प्रथम रोटि डे को रुपमा बाढि पिडितहरुलाई पिठो बितरण गरेको छ । सुर्खेतको वीरेन्द्रनगर स्थित महिला प्रशिक्षण केन्द्रमा रहेका बाढि पिडितहरुलाई पिठो वितरण गरिएको हो ।

केही नयाँ सैलीबाट आफैले केहि नयाँ कुराको सुरुवात गर्ने सोचले सदैब अरुको दिवसलाइ पछाउने प्रबिधीलाइ छोडेर आफैबाट नयाँ कामको सुरुवात गरौ भन्ने उद्देश्यले भ्यालेन्टाइन डे को पहिलो दिन, रोज डे भनेर मनाउने गरिन्छ तेस्लाइ सुर्खेत महिला जेसीज परिवारले रोटि डे भनेर मनाउने निर्णय अनुसार महिला प्रशिक्षण केन्द्र मा अवस्थित १९ घर परिवारलाइ १÷१ पाकेट पिठो बितरण सुर्खेत महिला जेसिज वर्ष २०१८ का अध्यक्ष कृर्ती गुबाजु शाक्यले बताउनु भयो ।

उहाँलेआफुहरुले सानो प्रयास गरेको बताउँदै भोलिका दिनहरुमा सबैले हातेमालो गर्दै आवश्यकता अनुसार कुनै पनि दिवसको सुरुवात गर्न सके आउने पिढिहरुबाट केही नयाँ कामकोे सुरुवात हुने सोचका साथ उक्त काम गरिएको उहाँको भनाई छ ।





error: Content is protected !!