यसरी सजाउनुहोस् भान्साकोठा

काठमाडौं , भान्सामा पानीको प्रयोग धेरै हुन्छ । यसैले र्‍याकलगायत अन्य डेकोरेसनमा वाटर रेसिस्टेन्ट ९पानी नसोस्ने० बोर्ड या प्लाई प्रयोग गर्नुहोस् । वाटर ट्रिटमेन्ट गरिएका विशेष प्रकारका बोर्ड बजारमा उपलब्ध छन् । भान्साको डेकोरेसनका क्रममा र्‍याकका भित्री भाग पनि लेमिनेट गर्नुपर्छ । अनावश्यक प्वाल रह्यो भने साङ्लाले गुण लगाउने र फोहोर गराउने हुन्छ ।

बाहिरी भागमा फरमाइका, टिक प्लाई, काठ अथवा बजारमा पाइने अन्य फिनिसिङ मेटेरियल प्रयोग गर्न सकिन्छ । सकेसम्म चिप्लो र सफा सतह भएको मेटेरियल उपयुक्त हुन्छ । यस्तो मेटेरियल प्रयोग गर्दा पछि सफा गर्न सजिलो हुन्छ ।

काठ, टिक प्लाईभन्दा फरमाइका या डेकोपेन्ट गरेको पल्ला सफा गर्न सजिलो हुन्छ । बजारमा धेरै किसिमका स्टिलका बास्केट पनि उपलब्ध छन् । तिनका विशेषता पहिचान गरेर आफूलाई आवश्यक बास्केट किन्न सकिन्छ ।

पकाउने स्थान र सिंकको दुरी केही टाढा हुनुपर्छ । सिंक राख्दा झ्यालनजिकको स्थान रोज्नु राम्रो हुन्छ । किनभने, सिंक आसपास पोखिएको पानी झ्यालबाट आउने हावा तथा घामका कारण छिट्टै सुक्छ तथा पानी जमेर ओस लाग्न पाउदैन । ओसिलो किचन गन्हाउने तथा फोहोर हुन्छ ।

ग्यास सिलिन्डर कहिल्यै पनि गुम्सिने डब्बामा राख्नुहुदैन । तर, किचन आकर्षक बनाउने हो भने डब्बामा राख्नु राम्रो हुन्छ । दुवै पाटोलाई ध्यान दिएर भ्यान्टिलेसन भएको डब्बामा राख्नुपर्छ । भान्सामा बार्दली छ भने त्यही राख्न सकिन्छ ।

भान्साको भित्तामा विशेष किसिमको किचन टायल प्रयोग गर्नुपर्छ । भान्सा सानो छ भने धेरै हाइलाइट नहुने ग्रेनाइट सेतो या कालो टायल उपयुक्त हुन्छ । भान्सामा आकर्षण भर्न सिसाका डब्बामा मसला तथा गेडागुडी राखेर सजाउन सकिन्छ ।

भान्सालाई फरक आकर्षण दिने हो भने राम्रा कटलेरी आइटम, खाना पकाउने विधिका किताब पनि सजाउन सकिन्छ । झ्यालनजिकै सानो गमलामा भान्सामा प्रयोग हुने मसलाको बोट रोप्दा अझै आकर्षक देखिन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!