जहाँ लहरोमा राखेर यातायातका साधन तारिन्छन्

हेमन्त के सी
जाजरकोट,  धेरैलाई लहरोमा राखेर यातायातका साधनहरु नदि तारिन्छ भन्दा पत्यार नलाग्न सक्छ । तर यो सत्य हो , जाजरकोट – डोल्पा सडक खण्डको विभिन्न ठाउँमा पुल निर्माण हुँन नसक्ने यहाँ सञ्चालन भएका सवारी साधनहरु लहरोमा राखेर भेरी नदि पारपार गरिन्छ ।
करिव ५ वर्ष देखि यस सडक खण्डमा चल्ने यातायातका सानधनहरु लहरोको भरमा भेरी नदि तार्ने गरिन्छ ।

सडक खण्डको निर्माण कार्य गति संगै यहाँका आधा दर्जन ठाउँमा यातायातका साधनहरु तार्नका लागि फलाम लहरोको भर पर्नु वाध्यता वनेको छ । १ सय १७ किलोमिटर सडक खण्ड मध्य १ सय किलोमिटर भन्दा वढी सडकको निर्माण कार्य पुरा भएको छ । सडक निर्माण पुरा भएको ठाउँमा पुलहरु निर्माण नहुँदा दैनिक फलामको लहरोको भरमा जीप, ट्याक्टर, भेरी नदिमा पारपार गरिन्छ । एक पटक फलामको लहरोमा जीप , ट्याक्टर तारेको मात्र ५० हजार देखि ८० हजार रुपैया सम्म सुल्क लाग्ने गर्दछ । रुकुमको आठविसकोट नगरपालिकाको राडी वाट जाजरकोटको नलगाड नगरपालिका वडा ८ मन्मैमा फलामको लहरोमा यातायातका साधनहरु तारिन्छ ।

त्यस्तै नलगाड नगरपालिका वडा ११ को तल्लु देखि रुकुमको आठविसकोट नगरपालिकाको गोतामकोट अनाह वीचमा रहेको भेरी नदिमा पुल नहुँदा फलामको लहरोमा नै यातायातका साधनहरु वारपार गरिन्छ । यहाँ पनि वारपार गरेको पनि ५० हजार देखि ८० हजार सम्म सुल्क तिर्नुपर्ने वाध्यता रहेको छ ।
कहाँ कहाँ निर्माण भएन्न पुल
जाजरकोट डोल्पा सडक खण्ड भित्रको निर्माण भएको सडकमा ठेकेदारको लापरवाहीका कारण पुल निर्माण नहुँदा दैनिक लहरोको भरमा यातायातका साधनहरु चल्ने गरेका छन् । चिसापानी वैरीताल वीचमा भेरी नदिमा पुल निर्माण कार्य अधुरो हुँदा दैनिक सास्ती भएको छ । निर्माण कार्य पुरा हुँने समय वितिसक्दा पनि यो मोटेरेवल पुल वन्न सकेको छैन् ।


त्यस्तै रुकुम आठविसकोट नपा राडी – जाजरकोट नलगाड नपा मन्मै वीचमा रहेको भेरी नदिमा पुल निर्माणका लागि राज्यको ध्यान नजाँदा सास्ती हुँदै आएको छ । त्यस्तै जाजरकोट तल्लु र रुकुम अनाह वीचमा रहेको भेरी पुल निर्माण हुँन वाँकी रहेको छ । त्यस्तै यो सडक खण्डको विच वीचमा रहेका सानाखोलाहरुमा दर्जन पुल निर्माण नहुँदा यहाँका स्थानीयले सास्ती भोग्दै आएका छन् । नेपाली सेनाले सडक निर्माण कार्य पुरा गरेपनि राज्यले पुल निर्माणमा ध्यान नदिदा सास्ती भोग्नु परेको हो । ्

यस सडक खण्डको छेपारे देखि डोल्पाको त्रिवेणी सम्म आधा दर्जन पुल निर्माण गर्नुपर्ने देखिन्छ । दैनिक सो सडक खण्डमा दुई दर्जन भन्दा वढी जीप, वस,टयाक्टर, टर्क सञ्चालन हुँने गर्दछन् । लहरोमा दैनिक उपभोग्य सामग्री तारेर लिदा उपभोक्ताहरु महँगोमा सामग्री खरिद गर्न वाध्य छन् ।

 




सम्बन्धित समाचार


error: Content is protected !!