अधिकारका प्राप्तिका लागि अपाङहरु एक जुट हुँदै

जाजरकोट ,  यहाँको नलगाड नगरपालिकाका अपाङहरु अधिकार प्राप्ति लागि एक जुट भएका छन् । नगरपालिकाका १३ वटा वडाहरुका अपाङहरु संगठित भएर आफ्नो अधिकार स्थापित गर्न लागेका हुँन् ।
अपाङले पाउने अधिकार र राज्यले दिने सेवा सुविधाका कुराहरु थह नपाउदा सेवा लिन वाट वन्चित भएको  घाईते तथा अपाङ संघका अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो । गाउँ गाउँमा गएर अपाङलाई सुसोचित गरि अधिकार प्राप्तिको अभियानमा आफुहरु लागेको खत्रीले वताउनुभयो । यस नगरपालिकामा मात्र ४ सय भन्दा वढी अपाङ रहेको खत्रीको भनाई छ । गाउँ गाउँमा अपाङलाई हेर्ने दृष्टिकोण अझै सहि नभएको भन्दै त्यसको रुपान्तरणका लागि सवैको सोच परिवर्तन हुनुपर्ने नलगाड नगरपालिकाका प्रशाषकिय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।


अपाङलाई दिने सेवा सुविधाका विषयमा आफु सधै तयार भएको र यसको अधिकार दिलाउन समेत आफु सचेत भएको नगरप्रमुख टेकवहादुर रावलले वताउनुभयो । जिल्लाको अति दुर्गम औलगुत्तावाट यो अभियानको सुरुवात गरिएको छ ।





error: Content is protected !!