सत्य पहाडिकाे पहलमा डाेल्पामा पुग्याे टेलिफाेन टावर

डोल्पाकाे ठुलिभेरी नगरपालिका वार्ड न.५,६ साबिकको माझफाल गाबिसका जनताको पुर्खाउदेखिको चाहना पूरा हुने भएको छ | मानव बस्ती सुरु भएदेखिनै सन्चार बिहिन रहेको साबिक माझफाल गाबिस डोल्पा जिल्लाको एकमात्रै त्यस्तो ठाउँ हो जहाँ डोल्पाको मध्य र तल्लो भेग सबैमा नेपाल टेलिकम लगायत अन्य फोन सेवा उपलब्ध छ तर त्यहा अहिले सम्म कुनै फोन सेवा छैन,जुन ठाउँ सदरमुकाम दुनै सङ्ग जोडिएको एउटै नगरपालिका अन्तर्गत पर्दछ |पुर्व शान्ति मन्त्री सत्य पहाडिकाे विशेष पहलमाटेलिफाेन टावर डाेल्पा पुगेकाे हाे

नपामा रहेको साबिक माझफाल अहिले सम्म पनि कुनै सन्चार सेवा नहुनु आफैमा अनौठो कुरा हो |डोल्पाको माथिल्लो भेगमा अहिले सम्म नेपाल टेलिकमको सेवा उपलब्ध छैन |

अब,साबिक माझफाल गाबिसका जनताको पहिलेदेखिको सन्चार बिहिन हुनुपर्ने समस्याबाट चाडै मुक्त हुनेभएका छन |सन्चार सेवा सुरु भएपछी त्यहाका जनताले एउटा ठुलै राहत महसुस गर्ने मुख्य पहलकर्ता स्थानिय युबा योगेन्द्र बहादुर बुढाले बताउनुभयो |उहाँ आफै नेपाल टेलिकमको सामान ३ वटा समिट एयरको बिमानमा चार्टर गरेर सुर्खेत बाट डोल्पा एयर्पोर्टमा पुग्नुभएको थियो |जहाँ उहालाइ स्वागत गर्न केही स्थानिय बासी पनि गाउबाट त्यहा पुगेका थिए | उपस्थित स्थानिय मिनबहादुर बुढाले अब गाउमै बसेर देशबिदेशमा रहेका आफन्त सङ्ग कुरा हुने भन्दै खुसी ब्यक्त गरे र पहलकर्ता योगेन्द्र बहादुर बुढालाइ धन्यबाद दिन सम्म भ्याए |त्यस्तै गरि पहलकर्ता स्थानिय युबा नेता योगेन्द्र बहादुर बुढाले आफ्नो गाउमा यतिको सेवा गर्न पाउँदा आफुलाइ गर्व महसुस भएको प्रतिकृया दिए र बाकी डोल्पाको सन्चारबिहिन क्षेत्रको लागि पनि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे |

उनी माओबादी केन्द्र निकट अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पनि हुन ।उहाँ पछिल्लो पिडिका असाध्यै संभावना बोकेका युबा बिधार्थी नेता पनि हुन |

उहाले साबिकको माझफाल गाबिसमा १ बर्ष भित्र सन्चार युक्त बनाउने र त्यहाका जनताको समस्यालाइ मुक्त गर्ने चुनाबी नारा लिएका थिए जुन उहाले १० महिना भित्रै काम सुरु गरेर आफ्नो बचनबद्दता पूरा गर्ने भएका छन |





error: Content is protected !!