वालवालिकालाई न्यानो कपडा वितरण

जाजरकोट । यहाँको जुनिचाँदे गाउँपालिकाको विभिन्न वडाहरुमा वालवालिकालाई न्यानो कपडा वितरण गरिएको छ । सामुदायिक विकास कार्यक्रम द्धारा केही दिन अघि भाईरलवाट प्रभावित भएका एक वर्ष मुनिका १ सय ७० वालवालिकालाई वितरण गरिएको छ । जिल्लाको जुनिचाँदे गाउँपालिका १,२,३ र ४ का वालवालिकालाई वितरण गरिएको हो । चिसो रोक्नका लागि न्यानो कपडा वितरण गरिएको हो । घर ,घरमा गएर कपडा वितरण गरिएको कार्यक्रमका मानवहादुर घर्तीमगरले वताए । चिसोका कारण यहाँका वालवालिकामा विभिन्न संक्रमण देखा परेका कारण न्यानो कपडा वितरण गरिएको घर्तीले वताए । भाईरल प्रभावित क्षेत्रमा अत्यधिक चिसो हुँदा निकै समस्य गुनासो वढेपछि कपडा वितरण गरिएको छ ।










