कुन कुन नेताले खाने भए वृद्धभत्ता ?

काठमाडौं , काम चलाउ भइसकेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनमत तान्ने नाममा एकपछि अर्को निर्णयलाई तीब्र बनाएको छ। २०५१ सालमा एमालेबाट प्रधानमन्त्री बनेका मनमोहन अधिकारीले थालेको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत देउवाले वृद्धभत्ता पाउनेको उमेर ६५ बनाइदिएपछि नयाँ तरङ्ग ल्याएको छ।

तत्कालीन प्रम अधिकारीले ७५ वर्षमाथिकालाई वृद्धभत्ता दिने गरी थालेको सामाजिक सुरक्षा कार्यक्रमले एमालेलाई अहिले पनि लोकप्रिय बनाउन सहयोग गरिरहेको छ। यही कार्यक्रमलाई ुक्यासु गर्ने गरी प्रम देउवाले अब ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय गरे। जसले अर्बौँको आर्थिक भार देशलाई पर्ने भएको छ।

काम चलाउ प्रधानमन्त्रीले देउवाले वामपन्थीले थालेको अभियानलाई आफुसँग जोड्न खोजेपछि फरक फरक प्रतिक्रिया आइरहेका छन्। नेपाली नेताहरु ८० वर्षसम्म राजनीति गरेर प्रधानमन्त्री बनिरहेका बेला ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय गरेर देउवाले नयाँ विवाद पनि सिर्जना गरिदिएका छन्।

यसबारेमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैँशमा नै वृद्धभत्ता खान खोजेको भन्दै देउवामाथि व्यंग्य साँधेका छन्। देउवा सरकारले वृद्धभत्ता पाउने उमेर ६५ मा झारेपछि नेपालका अधिकांश नेता पनि वृद्धभत्ता खानेको सूचीमा परेका छन्। हामीले वृद्धभत्ता खाने उमेर पुगेका केही शीर्ष नेताबारे यहाँ चर्चा गर्दैछौँ।

७१ वर्षका भए देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ७१ वर्ष भएका छन्। ७० वर्षमै वृद्धभत्ता दिइँदा पनि वृद्धभत्ता खाने उनको उमेर १ वर्षअघि नै पुरा भइसकेको छ। २००३ साल जेष्ठ ३१ ९१३ जून १९४६० डडेल्धुरास्थित साविक अशिग्राम गाविसको रुवाखोलामा उनी जन्मिएका हुन्। प्रधानमन्त्री देउवा ७० वर्षे उमेरको हदमा पनि एक वर्षअघि नै बृद्धाभत्ताका लागि योग्य भइसकेका छन्।

ओली ६६

नेकपा एमालेका अध्यक्ष केपी ओली पनि ६६ वर्षका भएका छन्। वृद्धभत्ता खाने उमेर ६५ वर्षमा झारेपछि उनी पनि योग्य भएका हुन्। फेरि प्रधानमन्त्री बन्ने तयारीमा रहेका उनी २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका हुन्। ओलीले झापा आन्दोलनपछि १४ वर्ष जेल जीवन बिताएका छन्। ओली नेपालका ३८ औं प्रधानमन्त्री पनि हुन्। भावी प्रधानममन्त्री समेत रहेका ओली वृद्धभत्ताको लागि योग्य भइसकेका छन्।

माधव नेपाल पनि योग्य

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि ६५ वर्ष पुगेका छन्। उनी यसै वर्षदेखि वृद्धभत्ताका लागि योग्य भएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपाल २००९ साल फागुन २३ गतेमा रौतहटको गौरमा जन्मिएका हुन्। देउवा सरकारले घोषणाको गरेको वृद्धभत्ताका लागि उनी योग्य भइसकेका छन्।

वामदेव ७३

एमालेका उपाध्यक्ष बामदेव गौतम पनि ७३ वर्षका भएका छन्। २००१ साल असार २८ ९सन १९४४ जुलाई ११० मा उनी प्युठानमा जन्मिएका हुन्। पूर्व उपप्रधानमन्त्री गौतम ७० वर्षे उमेर हदमा वृद्धभत्ताका लागि योग्य भइसकेका थिए।

रामचन्द्र ७३

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि वृद्धभत्ता खाने नेतामा पर्छन्। २००१ साल भदौ ९सन १९४४ सेप्टेम्बर० मा जन्मिएका पौडेल ७३ वर्षका भएका छन्। उनी पञ्चायतविरोधी आन्दोलनमा १३ वर्ष जेल परेका छन्।

झलनाथ भए ६७

एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल २००७ साल जेठ ७ गते ९सन १९५० मे २०० मा इलाममा जन्मिएका हुन्। उनी ६७ वर्षका भए। एमालेका पूर्वअध्यक्ष खनाल नेपालका ३५ औँ प्रधानमन्त्री हुन। उनी पनि वृद्धभत्ताका लागि योग्य भएका छन्।

७० का महन्थ

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर २००४ सालमा महोत्तरीमा जन्मिएका हुन्। राजपा अध्यक्ष ठाकुर ७० वर्ष पुगेका छन्। ७० वर्षे उमेर हदमा पनि उनी वृद्ध भत्तका लागि योग्य भइसकेका थिए।

सिटौला पनि वृद्धभत्ता खाने नेता

तेह्थुमको संग्रातीमा ६८ वर्ष पहिला जन्मिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला समेत वृद्धभत्ता पाउने नेताको सूचीमा परेका छन्। पूर्वगृह तथा उपप्रधानमन्त्री सिटौला २००६ सालमा जन्मिएका हुन्।

नेम्वाङ पनि योग्य

इलामको सुन्तलाबारीमा २००९ साल फागुन २८ गते जन्मिएका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ ६५ वर्ष लागेका छन्। त्यसैगरी कांग्रेस नेता गोपालमान श्रेष्ठ र कुलबहादुर गुरुङ लगायतका नेता समेत वृद्धभत्ताको लागि योग्य भएका छन्।

प्रचण्ड र बाबुरामले दुई वर्ष कुर्नुपर्ने

काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र नयाँ शक्तिका बाबुराम भट्टराईले भने वृद्धभत्ताका लागि अझै एक बर्ष कुर्नुपर्ने भएको छ। सन १९५४ डिसेम्बर ११ ९२०११ मंसिर २६० मा कास्कीको ढिकुरपोखरीमा जन्मिएका पूर्वप्रम दाहाल ६३ वर्ष पुगेका छन्। दाहालले अबको दुई वर्ष पछि वृद्धभत्ता पाउने भएका छन्।

सन १९५४ जुन १८ ९२०११ असार ४ गते० मा गोरखाको खोप्लाङमा जन्मिएमा नयाँ शक्ति नेपालका संयोजक डा। भट्टराई वृद्धभत्ता नपाउने नेतामा पर्छन्। नेपालका ३६ औँ प्रधानमन्त्री भट्टराई ६३ वर्षका भएका छन्। प्रचण्ड बाबुराम भन्दा ६ महिना जेठा हुन्।





error: Content is protected !!