वादी समुदायले पाएन्न मुआव्जा

हेमन्त के सी
जाजरकोट ः यहाँको नलसिंङ गाड जलविद्युत आयोजनाका डुवान प्रभावित क्षेत्रका वादी समुदायले मुआव्जा पाउँन सकेका छैन्न । नलगाड नगरपालिका वडा १ दल्ली मा रहेका १८ घर परिवार वादी समुदायले मुआव्जा पाउँन नसकेका हुँन् । त्रिभुवन उच्च मावि दल्लीको खातामा १८ घरपरिवारको मुआव्जा रकम निकासा भएपनि तीन वर्ष देखि सो रकम वादी समुदायले पाउँन नसकेका हुँन् ।
विद्यालयले सो रकम वादी समुदाय लाई दिन आनाकानी गर्दा समयमै वादी समुदायले रकम पाउँन नसकेका हुँन् । लामो समय देखि वादी समुदायका स्थानीयहरु विद्यालयको जमिनमा घर निर्माण गरि वसेका छन् । वादी समुदाय वसेको जमिन विद्यालयले आफ्नो नाममा लिएपछि विद्यालयको नाममा नलसिंङ गाड जलविद्युत आयोजनाले रकम निकासा गरेको छ । अहिले सो क्षेत्र आयोजनाले लिएपछि वादी समुदाय घर न घाटको अवस्थामा पुगेका छन् । वादी समुदायको एक टुक्रा जमिन छैन् । आयोजना र विद्यालयले वादी समुदायलाई मुआव्जा दिने निर्णय गरेपनि तीन वर्ष देखि सो रकम नदिदा समस्य हुँदै आएको छ । वादी समुदायले दैनिक जीवन निवाहका लागि दल्लीमा दैनिक माछा मादै दैनिकी चलाईरहेका छन् ।
नलगाड सरोकार समितिका अध्यक्ष तथा जाजरकोट क्षेत्र नं १ का सांसद गणेसप्रसाद सिंहले वादी समुदायलाई तत्काल मुआव्जा दिन आग्रह गर्नुभयो । पहिले गरेका सहमती पालन गर्न समेत उहाँले आग्रह गर्नुभयो । मुआव्जा छिटो दिनुपर्ने माग सहित यहाँका १८ घरपरिवार आन्दोलित समेत भएका छन् । उनीहरुले ७ दिने समयसिमा दिएर आफ्ना माग पुरा गर्न दवाव दिएका छन् ।










