डोल्पाका सांसदलाई स्वर्गबाट शिशुको मर्मस्पर्शी चिठी सुविधायुक्त अस्पताल भए नजन्मदै मर्नुपर्ने थिएन्

दुनै(डोल्पा) डोल्पाको दुर्गम क्षेत्रमा पर्ने मुड्केचुला गाउँपालिकाका उप प्रमुख सबिता रोकार्यलाई आईतबार सुत्केरी बेथा ले च्याप्यो ।
अस्पतालमा डाक्टरले दिएको बिस दिन अगावै सुत्केरी बेथाले च्यापेपछि उच्च रक्तश्राव भयो ।रगत धेरै बगेकाले रोकाय र पेटभित्रको शिशुको ज्यान खतरामा प¥यो ।
रोकायलाई उपचारकालागि जिल्ला बाहिर नलैजानुको बिकल्प देखिएन् ।
डोल्पामा राम्रा सुविधायुक्त प्रसुति गृह नभएकाले सामान्य अवस्थामा पनि जिल्ला बाहिर लैजानु पर्ने अवस्था छ ।

गर्भवती आमा र शिशुलाई जोगाउन हेलिकोप्टर जिल्ला बाहिर कुरा भयो ।पाँच लाखमा हेलिकोप्टरको कुरा मिल्यो र उपचारको लागि पोखरा लगियो ।
पोखराको मणिपाल अस्पतालमा उपचार गराईसकेपछि आमाको ज्यान जोगियो,शिशुलाई बचाउन नसकेको चिकित्सकहरुले बताए ।
मरेको शिशु चाँही बालिकी थिईन् ।त्यसैको तीन चार घण्टापछि स्वर्गबाट एउटा चिठी आयो डोल्पाली सांसदको नाममा चिठी यस्तो छ ।
डोल्पाका माननिय सांसदलाई नजन्मदै मरेकी चेलीको चिठी ।मिती २०७४ साल माघ महिना ७ गते प्रदेश सांसदहरुले सपथ खाने दिन ।मलाई थाहाँ छ तपाईले आजमात्रै प्रदेश ६ को राजधानी सुर्खेतमा आफ्नो पदको सफत ग्रहण गर्नु भएको छ ।
यो शुभ दिनमा मैले एउटा दुखद खवर सुनाउन गईरहेकी छु ।यस अघि सांसदले डोल्पाको बिकास गर्न सकेनन् सिवाय आफु बन्ने बाहेक अरु केही गरेनन् भनाई छ ।अहिलेसम्म डोल्पामा राम्रो उपचारहुने एउटा पनि अस्पताल नहुँदा आज म जन्मन नपाउँदै मर्नुप¥यो ।

मेरी ममतामयी आमा अहिले पोखरामा मर्नु न बाँच्नुको दोसाँधमा छिन् ।यस अघि डोल्पामा म जस्तै जन्मन नपाउँदै कती शिशु र जन्माउन नसक्दा बेलैमा उपचार नपाएर कति आमाको ज्यान गयो तपाईलाई थाहा होला ।अब तपाईहरुले डोल्पाली जनताले भोट दिएर सांसद बनाएर पठाएका छन् ।
तपाईले पनि उहीलेका सांसद जस्तो आफु मात्र बन्ने मात्र नभई डोल्पाको बिकास ईमान्दारीता पुर्वक गरिदिनुहोला ताकी डोल्पामा अबका दिनमा कुनै पनि शिशु मलाई झै नजन्मदै मर्नु नपरोस कुनै पनि आमा बच्चा जन्माउन नसक्दा उपचार नपाएर बेलैमा उपचार नपाएर मर्नु नपरोस ।
सबै डोल्पाली सुखि,खुशी,शिक्षित,समृद्ध र स्वस्थ बन्न सकुन ।त्यसकालागि तपाईहरुले आफ्नो ब्यक्तिगत,पारिवारिक र पार्टीगत स्वार्थबाट माथी उठी अर्थपुर्ण काम गरेर देखाउनुहोस भन्ने ठुलो सुभेच्छा छ ।

उही तपाईँकी डोल्पाकी नजन्मदै मरेकी चेली
हाल स्वर्गलोकबाट ।

अहिले यो चिठी सामाजिक सञ्जालनमा भाईरल भईरहेको छ ।कसले लेखेको हो भन्ने कुनैस्रोत खुलेको छैन् ।

आमा बच्चाको दुबै ज्यान नजोगिएपनि शिशुको ज्यान जोगिएकोमा परिवाहरु खुशी भए ।

डोल्पामा हरेक बर्ष यसरीनै सुरक्षित प्रसुतिको अभावमा महिलाहरुले अकालमै ज्यान गुमाउनु परेको छ ।रामचन्द्र न्यौपाने





error: Content is protected !!