प्रदेश ४ का सांसदले लिए सपथ, दीपक मनाङे अनुपस्थित

रोहितराज पराजुली कास्की, प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले आईतबार आफ्नो कार्यभार सम्हालेका छन् । पोखरा पार्दी स्थित साबिकको अध्यागमन कार्यालयमा रहेको आफ्नो कार्यालयमा गएर पद सम्हालेका हुन् ।

पदभार ग्रहण गरेलगत्तै कुँवरले ४ नम्बर प्रदेश सभाका जेष्ठ सदस्यलाई सपथ खुवाएका थिए । जेष्ठ सदस्य नेकपा एमालेका तर्फबाट नवलपरासीको बर्दघाट सुस्ता पुर्बमा पर्ने २ ९

 

ख० बाट निर्वाचित ६७ बर्षका जनकलाल श्रेष्ठलाई उनले सपथ खुवाएका थिए ।

प्रदेश प्रमुखबाट सपथ खाएसँगै नगर बिकास प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभाहलमा गएर श्रेष्ठले उपस्थित अन्य ५७ जना सदस्यहरुलाई प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा १ मा ब्यवस्था भए बमोजिम सपथ खुवाएका हुन् ।

प्रदेश सभाका लागि निर्बाचित ३६ र २४ समानुपातिक गरी ६० जना सदस्य रहेकोमा श्रेष्ठ सँगै ५८ जनाले आईतबार सपथ ग्रहण गरेका हुन् । बाँकी २ जना अनुपस्थित रहेका थिए । मनाङबाट निर्वाचित स्वतन्त्र उम्मेदवार दीपक मनाङेको नामले परिचित राजिब गुरुङ र एमालेबाट निर्वाचित तनहुँका राम बहादुर गुरुङ अनुपस्थित रहेका हुन् । राजिबलाई हालै अदालतले ज्यान मार्ने उद्योगको अभियोगमा दोषी ठहर गर्दै ५ बर्षको जेल सजाए सुनाएको छ । पक्राउ पर्ने डरले उनी कार्यक्रममा उपस्थित भएनन् भने रामबहादुर बिदेशबाट आउँदै गरेकाले उपस्थित हुन नसकेका हुन् ।

प्रदेश नम्बर ४ मा एमाले, कांग्रेस, माओबादी, जनमोर्चा र नयाँ शक्ति गरी ५ दलको प्रतिनिधित्व रहेको छ । ६० सदस्य मध्ये एमालेका २५, कांग्रेसका १५, माओवादीका १४, जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ जना रहेका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधीकारीका अनुसार निर्बाचन परिणम आएको २० दिन भित्र संसद बस्नुपर्ने नियम भएकाले सोहि अनुसार अर्को बैठक बस्ने तर मिति भने तय भइसकेको छैन ।





error: Content is protected !!