‘मिसेज हिमालयन नेपाल २०१८’ को पाँचौ संस्करणको उपाधि गोमा अधिकारी लाई

‘मिसेज हिमालयन नेपाल २०१८’ को पाँचौ संस्करणको उपाधि गोमा अधिकारीले हात पारेकी छिन् । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको ‘मिसेज हिमालयन नेपाल’ मा उनले अन्य १५ जनाप्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । उनले उपाधी सहित बिभिन्न गिफ्ट ह्याम्पर र सिङापुरमा आयोजना हुने ‘मिसेस एसिया प्यासिफिक ईन्टरनेसनल २०१८’ मा नेपालबाट प्रतिनिधित्व गर्नेअबसर समेत प्राप्त गरिन । त्यस्तै फस्ट रनरअपमा बिन्दु लामा घोषित भईन । उनले पनि उपाधी संगसंगै सिंगापुरमा आयोजना हुने ‘मिसेस एसिया प्यासिफिक ग्लोबल २०१८’मा भाग लिन पाउने अबसरप्राप्त गरिन । सेकेन्ड रनरअपको ताज भने रचना ज्ञावलीले प्राप्त गरिन ।
अमेजन इन्टरटेनमेन्टद्धारा बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि, आन्तरिक कला प्रस्फुटन र सामाजिक काममा अग्रसर गराउने अभियानलाई अगाडि बढाउँदै आयोजना गरेको नेपालकै पुरानो प्रतिष्ठितप्रतियोगिता “मिसेज हिमालयन नेपाल २०१८” को अनलाईन भोटिङ मार्फत मिसेस पब्लिक चइस अवार्ड रिचा कवैले हात पार्न सफल भईन । त्यस्तै अन्य टाईटल बिजेताहरुमा बेस्ट हेयरमा उनिशा राई,बेस्टस्किनमा एलिजा रोक्का,बेस्ट फोटोजेनिकमा करुणा जोशी,बेस्ट स्माईलमा प्राप्ती श्रेष्ठ,मस्ट कन्फिडेन्समा रिचा कवै,मिसेस ट्यालेन्टमा रचना ज्ञावली, मस्ट स्मार्टमा प्रमिला सिंह ठकुरी, बेस्टपर्सोनालिटीमा गोमा अधिकारी, मस्ट चार्मिङमा लामु शेर्पा, मस्ट एक्टिभमा निरु शाह ठकुरी,मस्ट ईन्टलेजेन्टमा बिन्दु लामा,बेस्ट ड्रेस्समा गोमा अधिकारी र मस्ट पपुलरको अवार्ड रिचा कवैले हात पारेकाथिए ।
कार्यक्रमको प्रमुख अतिथीमा संचारकर्मी, मोडेल कला सुब्बा हुनुहुन्थ्यो । त्यस्तै अन्य निर्णायकहरुमा म्युजिक भिडियो तथा टेलिभिजन कमर्सियल निर्देशक तथा आर्टिस्ट नेपालका संस्थापक संचालक नबढुंगेल,मिसेस ग्लोबल बिजेता दोर्जे डोल्मा गुरुङ,नृत्य निर्देशक एबं ईभेन्ट म्यानजर महेश केसी,नायक बिक्रान्त बस्नेत नायिका तथा फेसन डिजाईनर क्षितिजा शाक्य हुनुहुन्थ्यो ।
प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था अमेजन इन्टरटेनमेन्टका अध्यक्ष कमल खतिवडाले मायाको चिनो प्रदान गर्नुभएको थियो । प्रतियोगितालाई हिमानी सुब्बालेकोरियोग्राफी गर्नुभएको थियो भने अन्तरराष्ट्रिय प्रतिस्प्रधाको लागि बिजेताहरुलाई थप ट्रेनिङ दिन लागेको पनि बताउनु भयो ।
कार्यक्रमको संचालन रोजिन शाक्यले गर्नुभएको थियो । प्रतिस्प्रधीहरुलाई शुभ श्रिङ्गगार ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, ईन्टरनेसनल ब्युटी क्लब एन्ड एकेडेमी र मन्जूर ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टरकोमेकअपमा अनुग्रह फेशन बुटिकको ड्रेसमा ड्रिम सर्च एजेन्सीले अफिसियल फोटोग्राफी गरेको थियो । प्रतिस्प्रधाको लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो । कार्यक्रममा सांगितिक रुपमागायक विश्व आरके, गायिका ताया हांङ्मा राई र नृत्यतर्फ ममता तामाङ मनिषा थापा, त्यस्तै सुम्निमा पाण्डे र राज केसीको आकर्शक प्रस्तुतीले थप रौनक प्रदान गरेको थियो ।
फोटो : कमल निकोन छेत्री, सगुन श्रेष्ठ









